राष्ट्रिय गायक सुमित खड्का म्युजिक खबरको म्युजिक अवार्डद्वारा सम्मानित

राष्ट्रिय गायक सुमित खड्का म्युजिक खबरको म्युजिक अवार्डद्वारा सम्मानित


राष्ट्रिय गायक सुमित खड्का ९ औँ म्युजिक खबरको  म्युजिक अवार्ड २०२१ द्वारा सम्मानित भएका छन् । आइतबार राजधानी स्थित लैनचौरमा भएको एक कार्यक्रमकाबीच गायक खड्का सम्मानित  भएका हुन् । 

राष्ट्रिय गीतमा आफ्नो बेग्लै छवि बनाइसकेका गायक खड्काले लेपनमै सबैभन्दा धेरै राष्ट्रिय गीत गाउने रेकर्ड कायम गरिसकेका छन् । गायक खड्काले प्रदेश नम्बर एकको विराटनगर, बागमती प्रदेशको काठमाडौँमा आफ्नो राष्ट्रिय गीतको मात्र एकल सोको प्रस्तुति दिइसकेका छन् ।

विगतको केही वर्ष कोरोनाका कारण आफ्ना प्रस्तुतिहरू प्रस्फुटन गर्न नपाएका गायक खड्काले छिट्टै नै राष्ट्रिय गीतको एकल सो सातै प्रदेशमा सुरु गर्ने जनकारी दिएका छन् ।

उनका चर्चामा रहेका गीतहरूमा हिमाल पहाड तराई कोही छैन यहाँ पराई, हामी पहिले नेपाली अनि मात्र अरू, तिम्रो पनि रगत आखिर मेरै जस्तो होला लगायत रहेका छन् ।

Skip This
Logo