1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

मातातीर्थ औंसीमा कुन कुन सेलिब्रेटीले सार्वजनिक गरे आमाको तस्बिर ? भिडियोमा

1
1
1
1
1
1
1
1

काठमाडौं । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्न दिन । यो दिन आमालाई विभिन्न प्रकारले पुज्ने चलन रहि आएको छ । यस दिन जीवित आमालाई खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरि सम्झना गरिन्छ ।
यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औंसीको दिनलाई विशेष महत्वका साथ मनाईन्छ । मातातीर्थ औंसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भई उपवास बसे पितृलाई खुसी पार्न सकिने र जीवनमा हरेक कामहरु सफल हुने जनविश्वास रहिआएको छ ।

आजको दिन सामाजिक सञ्जाल आमाहरुले नै भरिएको छ । कहिल्यै भेट नहुने वा आमालाई बृद्धाश्रममा राख्दै आएका सन्तानहरुले समेत आमाको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । नेपाली कलाकारहरुले पनि आमाको मुख हेर्ने दिन विशेष महत्वका साथ मनाउने गरेका छन् । सेलिब्रेटीहरु चलचित्र क्षेत्रमा मात्र नभएर सामाजिक सञ्जालहरुमा पनि निकै छाउने गर्दछन् ।

उनीहरु विभिन्न चलचित्रकर्मी तथा साथी भाईहरुको तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्दछन् । तर आफ्नै आमाको तस्विर भने निकै कम सेलिब्रेटीहरुले मात्र सामाजिक सञ्जालहरुमा सेयर गर्ने गरेका छन् । तर आजको दिन सबै सेलिब्रेटीहरुले आमासँगको तस्बिरहरु निकै महत्वका साथ सेयर गरेका छन् । थप तलको भिडियो रिपोर्टमा:

प्रकाशित: २१ बैशाख २०७६ २०:३७ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी