1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

आमा बनिन् सनी लियोनी

1
1
1
1
1
1
1

केन्द्रबिन्दु डेस्क । काठमाडौँ , ६ साउन । 

एक साताअघि मात्र आफू आमा बन्ने सोचाइमा रहेको बताउने बलिउड अभिनेत्री सनी लियोनी अन्ततः आमा बनेकी छिन् ।

पति ड्यानियल बेबरसँग बस्दै आएकी सनी आफूहरू दुईबाट तीन हुने सोचाइमा रहेको कुरा बताएपछि उनका फ्यानहरू सनीको नया“ सन्तान हेर्न आतुर थिए ।

बलिउडमा आफ्नो करिअरलाई अगाडि बढाउँदै आएकी पूर्व पोर्नस्टार सनीले हालै एक बालिकालाई आफ्नो सन्तानका रूपमा स्वीकार गरेपछि उनी आमा बनेकी हुन् । उनीहरूले आफ्नो नया“ सन्तानसँगै बसेर खिँचाएको फोटो सार्वजनिक गर्दै आफू आमा बनेको पुष्टि गरेकी हुन् ।

पति ड्यानियलसँगै मुम्बईमा बस्दै आएकी सनीले दुई वर्ष अगाडि नै एक अनाथालयमा आफूले कुनै पनि बालबालिकालाई छोरा वा छोरीका रूपमा राख्न चाहेको निवेदन दिएकी थिइन् । उनको निवेदनप्रति हालै अनाथालयले सुनुवाइ गरेपछि सनीले एक बालिकालाई आफ्नो छोरीका रूपमा स्वीकार गरेर घर ल्याएकी छिन् । सनी–ड्यानियल दम्पतीले उक्त बालिकाको नाम निशा कौर वेबर राखेको छ ।

अनाथालयमा निवेदन दिएको दुई वर्षपछि उनलाई बच्चा स्वीकार गर्न भनिएको थियो । बच्चा लिने भनेपछि सनी साह«ै आतुर रहेको वेबरले बताए । करिब आठ घन्टाको ड्राइभबाट पुगिने मुम्बईदेखि लातुरसम्मको यात्रामा सनी नया“ सन्तान पाउने आशामा खुशी भैरहेकी थिइन् ।

अनाथालय पुगेपछि बालिका देख्नेबित्तिकै स्नेही प्रेममा डुबेकी सनी ती बालिकालाई लिएर घर फर्किइन् । हाल निशा २१ महिनाको भइसकेकी छन् । सनी र ड्यानियलका लागि नयाँ सन्तानको अनुभव पहिलोपटक भएका कारण उनीहरू थप रोमाञ्चित भएका छन् ।

प्रकाशित: ६ साउन २०७४ १६:०७ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी