काठमाडौं । ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशमा आइतबार गौतम साधारण तारेखमा रिहा भएका हुन् ।
साइबर क्राइम मुद्दामा महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई पक्राउ गरेको थियो । चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशविरुद्ध निर्देशक मिलन चाम्सको प्रहरीमा उजुरी दिएका थिए ।
प्रकाशित: १ असार २०७६ १७:०५ आइतबार