काठमाडौं,
गायक प्राञ्जल पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द रहेको गायक पोखरेलको सार्वजनिक गीतमा सागर अधिकारीले संगीत भरेका छन् । भैरहवामा रहेर नेपाली गीत/संगीतमा रमाउँदै आएका गायक पोखरेलको यो तेस्रो गीत हो ।
‘बिहानीको चिसो हावामा ’बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । बसन्त सापकोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा गायक प्राञ्जल पोखरेल र स्नेहा भट्टराईले अभिनय गरेका छन् ।
अर्जुन सापकोटाको छायांकन रहेको उक्त म्यूजिक भिडियोलाई जीवन टण्डनले सम्पादन गरेका हुन् । सार्वजनिक गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गायक प्राञ्जलले आफू चाडै एल्वम लिएर स्रोता तथा दर्शक माझ आउन लागेको जानकारी दिएका छन् । उनको सोलो गायन रहने एल्वममा सागर अधिकारीको एकल संगीत रहने पनि उनले बताएका छन् । आनन्द बेग्लैको म्यूजिक भिडियो :
प्रकाशित: २ असार २०७६ ०८:०४ सोमबार