सलमान खानको हत्या प्रयास

सलमान खानको हत्या प्रयास


बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको छ ।

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा गोली हानी खानको हत्या प्रयास गरेका हुन् । खानले केही दिनअघि मात्रै गायक सिद्धु मुसेवालालाई झै गोली हानेर हत्या गर्ने चेतावनीसहितको पत्र पाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, मुसेवालाको हत्यामा संलग्न रहेको आशंका गरिएका बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् । सलमानको हत्या गर्ने उद्देश्य सहित सार्पसुटरहरू उनको घर नजिक पुगेको भएपनि अन्तिम समयमा फर्किएका थिए । 

मुम्बई प्रहरीकाअनुसार, सार्पसुटर हकीको मोडिफाइड क्यासिङमा हतियार लुकाएर सलमानको घर नजिक तैनाथ थिए । बिहान सुरक्षागार्ड बिना नै साइक्लिङ गर्न रुचाउने सलमानको आनीबानीबारे सार्पसुटरहरू जानकार रहेको पुलिसको दाबी छ । ज्यान मार्ने चेतावनीसहितको पत्र पाउँदा समेत लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए । 

शुक्रबार एक सार्वजनिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले प्रहरीले बिहानैबाट सलमानलाई सुरक्षा दिएको थियो । बिहान आफ्नो निवासबाट बाहिर निस्कन लागेका उनलाई गेटबाटै मुम्बई पुलिसले सुरक्षा दिएको थियो । सलमान र उनका बाबु सलिम खानलाई बिस्नोइ ग्याङबाट ज्यान मार्ने धम्की आएको बारे मुम्बई प्रहरीले समेत पुष्टि गरेको छ । तीन जना व्यक्ति पत्र बोकेर राजस्थानदेखि मुम्बईसम्म पुगेको ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेलसँगको सोधपुछमा खुलासा भएको प्रहरीको भनाइ छ । उनीहरूको पहिचान भएको र पक्राउको तयारी भएको प्रहरीले बतायो । 

Logo