सन्नी लियोनीको चिन्ता : बच्चाहरूले ठूलो भएपछि उनको बारेमा के सोच्लान् ?

सन्नी लियोनीको चिन्ता : बच्चाहरूले ठूलो भएपछि उनको बारेमा के सोच्लान् ?


सन्नी लियोनी र उनका श्रीमान डानियल ओयवरका तिन सन्तान छन् ।

उनको पहिलो सन्तान ७ वर्षीय छोरी निशा र दुई जुम्ल्याहा छोरा ३ वर्षका छन् । हाल उनी आफ्ना छोराछोरीका लागि पूर्ण रुपमा समर्पित भएकाले उनले हाल कुनै पनि क्षेत्रमा काम गरेको देखिदैन । तर आफ्ना छोराछोरी हुर्काउँदै गर्दा उनलाई एउटा चिन्ताले खुब सताएको छ । उनी भन्छिन् 'मेरो विगतका बारेमा उनीहरूलाई केही चीजहरू मन नपर्लान् । घरबाहिर यस्तो प्रश्नको सामना गर्न म सक्छु । तर यदि घर भित्र नै यस्तो किन भयो भनेर प्रश्न आएको खण्डमा हामी (श्रीमान्) एक अर्कासँगको वार्ताबाट प्रस्ट पार्ने प्रयास गर्नेर्छौ ।'

सन्नी थप भन्छिन् ‘मैले आफ्नो बाटो रोजेको छु र बालबालिकालाई यसको बारेमा थाहा हुनुपर्छ कि उनीहरूले पनि आफ्नो बाटो रोज्न सक्छन् । मेरो एक छोरा फायर फाइटर बन्न चाहन्छ । मेरी छोरी निशालाई ब्याले र पियानो मन पर्छ । दुवै सिक्दै छिन् । म उनीहरूको इच्छालाई पूर्ण रुपमा समर्थन गर्छु ।'

– एजेन्सी

Logo