बाराहीको जंगलमा इन्दिराको विवाह शरदसँग

बाराहीको जंगलमा इन्दिराको विवाह शरदसँग


गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छिन् । चितवनको बाराही जंगल लजमा उनले आफ्ना प्रेमि शरद केडियासंग लगनगाठो कसिन । 

 मंगलबार दुलही बन्नुअघि गत आइतबार इन्दिरा मेहन्दी समारोहमा रमाएकी थिइन् । त्यही दिन उनले मंगलबार विवाह हुन लागेको घोषणा गरेकी थिइन् ।
इन्दिरा र शरदको वैवाहिक समारोहमा दुबै परिवारका करिव ५० जनाको उपस्थिति रहेको बताइन्छ ।

गायिका जोशी तथा फेसन डिजाइनर केडिया पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । अघिल्लो वर्ष माउन्ट एभरेस्ट फेसन रनवेको क्रममा नाम्चेबजार पुगेका बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले तत्कालै शहरको विवाह प्रस्ताव स्विकारेकी थिइन् ।

Logo