नेन्सी खड्काले जितिन मिस इन्टरनेशनलको ताज

नेन्सी खड्काले जितिन मिस इन्टरनेशनलको ताज


शनिबार ललितपुरको गोदाबरीमा सम्पन्न मिस नेपाल-२०२२ मा नेन्सी खड्काले  मिस इन्टरनेशनलको उपाधि जित्न सफल भईन । विराटनगर घर भएकी नेन्सीलाई नायिका तथा पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् ।

नेन्सी नेपालका राष्ट्रिय गायक सुमित खड्काकी छोरी हुन् । उनले सेन्टजोसेफ स्कुलबाट एस.एल.सी उत्तिर्ण गरेकी थिइन । सो प्रतिस्पर्धामा  प्रियंका रानी जोशी मिस नेपाल र सरिना श्रेष्ठ मिस नेपाल अर्थ घोषित भइन् ।

यो प्रतियोगिता हिडन टे«जरले आयोजना गरेको थियो । कोभिड १९ का कारण २ वर्ष स्थगित गरिएको सो प्रतियोगिता यस पटक भने कोभिड १९ को संक्रमण कम भएकाले सबैको भौतिक उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो । सो प्रतियोगितामा टाइटलका प्रतिस्पर्धाका लागि २४ जना प्रतिस्पर्धी थिए । सो स्पर्धामा बिभिन्न ९ वटा सब टाइटलमा विजेता घोषणा गरिएको थियो ।
 

Logo