विकृति विसंगतिमुक्त लोक संगीत सिर्जना गर्न प्रतिष्ठानको अपिल

विकृति विसंगतिमुक्त लोक संगीत सिर्जना गर्न प्रतिष्ठानको अपिल


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सर्जकहरुलाई विकृति विसंगतिमुक्त लोक संगीत सिर्जना गर्न आह्वान गरेको छ ।

तिज नजिकिएसँगै वर्षेनि गीतसंगीतको नाममा विकृति विसंगति र अभद्र श्रव्यदृश्य सामग्रीमा श्रोताको गुनासो बढेको भन्दै चेतावनी सहितको अपिल जारी गरेको हो । साथै बर्सेनि आइरहने यस्तो गुनासाप्रति यसबर्ष विशेष ध्यानाकर्षण भएको प्रतिष्ठानले जनाएको छ । 

‘गीत संगीतको नाममा देखिएको विकृति विसंगति, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक श्रोताको वर्षेनि गुनासो आइरहेको हुँदा सामाजिक सद्भावमा खलल पुग्ने एवं नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत संगीत प्रस्तुत नगर्न नगराउनु हुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौँ ।’ अपिलमा भनिएको छ ।
 
साथै संस्थागत अपिलको बेवास्ता गर्दै समाजमा अपाच्य हुने सिर्जना प्रस्तुत गरेको पाइएमा साधारण सदस्य लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाबाट वञ्चित गर्ने  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ । 

Logo