अमेरिकी गायक आर केलिलाई ३० वर्षको जेल सजाय

अमेरिकी गायक आर केलिलाई ३० वर्षको जेल सजाय


अमेरिकन गायक आर केलि तीस वर्षका लागि जेल जाने भएका छन । 

उनलाई अदालतले वयस्क महिला, र केटाकेटीहरुलाई योन शोषण गरेको कारण सो सजाय दिइएको हो । उनी बिरुद्ध लागेको यो आरोप अदालतमा २० वर्षसम्म चलेको थियो । ५५ वर्षिय केलिलाई अदालतमा ९ वटा आरोपमा दोषि पाइएको थियो । 
उनले ३० वर्षको सजाय पाउने समाचार सामाजिक संजाल ट्विटरबाट सार्वजनिक भएको थियो । अमेरिकाको पूर्वी तटियमा रहेको ब्रुकलिन फेडरल कोर्टले ३० वर्षको सजाय दिएको हो । उनलाई अदालतले बेसर्मी, अरुलाई नियन्त्रण गर्न खोज्ने, तोडफोड गर्ने र जोर जबर्जस्ती गर्ने खालको पाइएको थियो । 

उनी विरुद्ध अदालतमा ४५ जनाले उजुरी दिएका थिए । सो उजुरीकै क्रममा उनको नाम आपराधिक सँगठनसँग पनि जोडिएको थियो । उनले १५ वर्षिय पूर्व गायिका आलियासँग बिवाह गरेका थिए । कानुनी रुपमा अड्चन नआओस भनेर  उनले गायिकाको उमेर बढाएका थिए । अदालतमा उमेर बढाएको आरोप केलिका पूर्व म्यानेजरले स्विकार गरेका थिए ।  

Logo