इन्दिरा जोशीको नयाँ गीत पछ्यौरी सार्वजनिक

इन्दिरा जोशीको नयाँ गीत पछ्यौरी सार्वजनिक


गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उनले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान फिचर्ड छन् । भिडियोको निर्देशक प्रवीण सिंह हुन् ।
हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् ।
केही समयअघि वैवाहिक जीवनमा बाँधिएकी इन्दिराको विवाहपछिको यो पहिलो गीत हो । गीत सार्वजनिक कार्यक्रममा उनका पति शरद केडिया पनि उपस्थित थिए । कार्यक्रममा इन्दिरा विवाहित ‘लुक्स’मा उपस्थित थिइन् ।

दरबारमार्गस्थित क्युज सिनेमाजमा आयोजित कार्यक्रममा संगीतकार न्ह्यूँ बज्राचार्य, जेम्स प्रधान, साहित्यकार विप्लव प्रतीक, अभिनेता प्रशान्त ताम्राकार लगायत उपस्थित थिए ।

Logo