प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको बताएका छन्। "/>

भारतका पूर्वराष्ट्रपति मुखर्जीको मृत्यु, प्रधानमन्त्री ओलीको ट्विट ‘नेपालले महान मित्र गुमायो’

भारतका पूर्वराष्ट्रपति मुखर्जीको मृत्यु, प्रधानमन्त्री ओलीको ट्विट ‘नेपालले महान मित्र गुमायो’


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको बताएका छन्। ‘उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ। सार्वजनिक जीवनको बिभिन्न हैसियतमा रहँदा उहाँले नेपाल–भारत सम्बन्ध बलियो बनाउने पुर्‍याएको योगदान हामी सम्झिरहन्छौं,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

मुखर्जीको निधनबाट आफू निकै दुखित भएको बताउँदै प्रधानमन्त्री ओलीले भारत सरकार, भारतीय जनता र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमित समेत रहेका पूर्व राष्ट्रपति मुखर्जीको श्रावण २६ गते मस्तिष्कमा रगत जमेको पाइएपछि अप्रेशन भएको थियो । त्यसपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

Logo