जोनी डिप ‘ पाइरेट्स अफ दी क्यारेबियन’को सिक्वेलमा काम नगर्ने

जोनी डिप ‘ पाइरेट्स अफ दी क्यारेबियन’को सिक्वेलमा काम नगर्ने


 जोनी डिपले ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म खेल्नका लागि निर्माताहरुले गरेको आग्रहलाई अस्विकार गरेका छन् । 

केही समयअघि पूर्व पत्नी एम्बर हर्डसँग कानुनी लडाइँमा फसेका बेला उनलाई डिज्नीले फिल्मबाट निकालेका थिए । एम्बर हर्डले उनीमाथि घरेलु हिंसाको आरोप लगाएपछि अभिनेताले आफ्ना धेरै फिल्म गुमाउनुपरेको थियो । अभिनेताले आफ्नो सम्मान फिर्ता पाउन एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा दायर गरे ।

जोनी डिपले यो मुद्दा हालै जितेका थिए । एम्बर हर्ड बिरूद्धको मुद्दा जितिसकेपछि, जोनीलाई फेरि फिल्म खेल्न प्रस्ताव गरिएको थियो । अदालतको मुद्वा जोनीले जितेपछि क्यारेबियन सिरिजका निर्माताहरूले जोनी डिपसँग माफी मागेका छन् । फिल्म मेकरहरूले क्यारेबियन सिरिजका लागि जोनी डिपलाई उनले मागेको जति नै पर्याप्त रकम दिन चाहन्थे ।

जोनी डिपले क्यारेबियन फिल्मको अघिल्लो सिरिजहरुमा समुद्री डाकू ‘ ज्याक स्प्यारो’ को भूमिका निर्वाह गर्दै आएका छन् । यो भूमिकामा उनलाई विश्वभरका सिनेदर्शकले निकै रुचाएका छन् । फिल्म निर्माताले अब उनलाई यो भूमिकाका लागि ३०१ मिलियन डलर अर्थात् करिब ३८ अरब ३२ करोड  २८ लाख रुपैयाँको ठूलो अफर दिएका थिए ।

यदि जोनीले यो अफर स्वीकार गरे भने उनका फ्यानहरु धेरै खुसी हुनेछन् । जोनीले फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’ मा समुद्री डाकूको भूमिका निभाएका थिए जो आफ्नो चलाखीपनका लागि चर्चित छन ।

Logo