चीनतिर आमिर खानको नजर

चीनतिर आमिर खानको नजर


बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ ।

गत ११ अगष्टमा रिलिज फिल्मले बक्सअफिसमा निरासाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्सअफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।

चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्सअफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ । यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्सअफिसमा राम्रो व्यापार गरेका छन् ।

फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्सअफिस सय करोडको कमाई गरेको थियो । त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो ।

एजेन्सी

Logo