ओमानविरुद्ध नेपालले गुमायो पहिलो विकेट

ओमानविरुद्ध नेपालले गुमायो पहिलो विकेट


ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा नेपालले आसिफ शेखलाई गुमाएको हो । ५ रन बनाएर खेलिरहेका आसिफको विकेट विलाल खानले लिएका हुन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे थियाे। नेपाल हाल ३ ओभरमा १ विकेट गुमाएर २० रन बनाएर खेलिरहेको छ । 

समूह ‘ए’ मा नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।  नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो। ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ। समूह ‘ए’ को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को विजेतासँग सेमिफाइनल खेल्नेछन्।

समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।
 

Logo