अख्तियारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो (भिडियोसहित)

अख्तियारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो (भिडियोसहित)


काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।

संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन सदाझैं यस वर्ष पनि सोमबार शितल निवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीलाई बुझाएको हो । प्रमुख आयुक्त नविनकुमार घिमिरेले अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई सोमबार बुझाएका हुन् ।

२ सय ४७ पृष्ठ लामो प्रतिवेदनमा अख्यिारले वर्ष दिन भित्र सम्पादन गरेका कामकार्वाहीहरु समावेश गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा आयोगमा कूल १९ हजार ४ सय ८८ वटा उजुरी परेको उल्लेख गरिएको छ ।

प्रवक्ता दंगालले ती उजुरी मध्ये १२ हजार ४ सय उजुरी फस्र्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको र २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको पनि अख्तियारले जनाएको छ ।

ती मध्ये ५ सय ४६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ५ हजार १ सय ३४ वटा उजुरी उपर कार्वाही गरिएको अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Logo