काठमाडौं

व्यवसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणै ऋणमा डुब्दै गएको छ । "/>

वाइड बडीका कारण ऋणमा डुब्दै निगम : ४५ दिनमा ४९ करोड घाटा !

वाइड बडीका कारण ऋणमा डुब्दै निगम : ४५ दिनमा ४९ करोड घाटा !


काठमाडौं

व्यवसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणै ऋणमा डुब्दै गएको छ । सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक करोड भन्दा माथि हो ।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघ्यो । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य भने अझै तय भएको छैन ।

जापान, चीन, कोरिया, अस्ट्रेलिया लगायत लामो दूरीमा कसैले अनुमति दिएको छैन । राम्रो कमाइ गरिरहेका अघिल्ला जहाजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा न्यारो बडीको कमाइ पनि घटेको छ । स्रोत भन्छ– ‘यही अवस्था रहिरह्यो भने एक वर्षमा निगम टाट पल्टिन सक्छ ।’

निगम स्रोतका अनुसार भदौ मसान्त सम्म यसको बैंक मौज्दात २० करोड ६८ लाख रुपैयाँ मात्र छ । यो स्वदेश, विदेशका सबै बैंकमा भएको रकम जोडेर आएको हो । जब कि यसले वाडड बडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ तिर्नुपर्छ । यो मासिक करिब ३२ करोड ११ लाख हो । ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ पर्न आउँछ । सावाँको कुरै छैन ।
अन्नपूर्णबाट

Logo