ओस्कर र टोनी अवार्ड विजेता क्रिस्टोफरको निधन

ओस्कर र टोनी अवार्ड विजेता क्रिस्टोफरको निधन


काठमाडौं । ओस्कर अवार्ड विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ। उनका म्यानेजरले निधनबारे पुष्टि गरेका छन् । ५० वर्षभन्दा लामो समय चलचित्र क्षेत्रमा विताएका अभिनेता क्रिस्टोरफरको शुक्रबार निधन भएको हो ।

सेक्सपियरियन एक्टरका रुपमा परिचित पल्म्मरको ९१ वर्षको उमेरमा निधन भएको सिएनएनले उल्लेख गरेको छ । 

सन् १९७० बाट चलचित्र क्षेत्रमा लागेका थिए । ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट समेत उनी सम्मानित भएका थिए।

Logo