म्यूजिक भिडियोमा प्रियंकाको कम्ब्याक (भिडियोसहित)

म्यूजिक भिडियोमा प्रियंकाको कम्ब्याक (भिडियोसहित)


केही समयको अन्तरालपछि नायिका प्रियंका कार्की पुनः एक म्यूजिक भिडियोमा देखिएकी छिन् । उनी ‘फूलभन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियोमा देखिएकी हुन् ।

सो गीतमा उनी कलाकार विकेश शाहीको जोडी बनेकी छिन् । उनले विकेशको जोडी बनेर अनस्क्रिन रोमान्स गरेकी छिन् । विभिन्न फिल्म तथा म्यूजिक भिडियोमार्फत आफ्नो कला देखाउँदै आएका विकेश लामो समयदेखि अभिनय, नृत्य, क्षमता अभिवृद्धीजस्ता कलाकारिताका लागि आवश्यकपर्ने विभिन्न विधाको तालिम र प्रशिक्षणपश्चात पूनः म्युजिक भिडियोमा देखिएका हुन् । उद्घोषण कलामा समेत उत्तिकै पारंगत उनले नायिका कार्कीसँग जोडी बाँधिएर म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्न पाउनुलाई राम्रो अवसरको रुपमा लिएको बताउँछन् ।  

म्यूजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देनमा बनेको छ । भिडियो प्रेमिल ढंगले तयार पारिएको छ । म्यूजिक भिडियोको छायंकन चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा गरिएको छ । हेराकुमार शाही (मगचा) द्वारा निर्मित म्युजिक भिडियोमा कोरियोग्राफी राकेश शाहीको रहेको छ । ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन र श्याम कुँवरको कलरिङमा तयार भएको छ ।

ओमर सुनारको शब्द रचना र संगीत रहेको गीतमा उनीसँगै साथमा एलिना चौहानले गाएकी छिन् ।  

Logo