दिवाकर भट्टराईको निर्देशनमा शिव परियार र बनिकाकाे स्वर ‘जिन्दगी तिम्रो र मेरो गीत’ (भिडियोसहित)

दिवाकर भट्टराईको निर्देशनमा शिव परियार र बनिकाकाे स्वर ‘जिन्दगी तिम्रो र मेरो गीत’ (भिडियोसहित)


दिवाकर भट्टराईको निर्देशनमा गायक शिव परियार र बनिका प्रधानको स्वरमा ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ ।

आफ्नो प्रेमी र प्रेमिकासँग पूर्ण रुपमा समर्पित रहेको यो गीतको शब्द हरिभक्त बुढाथोकीको हो । गीतमा संगीत दिपक सिलवालको रहेको छ भने एरेन्ज किरण कँडेलको छ । भ्यालेन्टाइनको महत्व बढ्दै जाँदा युवावर्गको आकर्षण पनि बढिरहेकाले उनीहरुलाई लक्षित गर्दै यो गीत सार्वजनिक गरिएको निर्देशक भट्टराईको दावी छ ।  

गीतमा रीता कट्टेल, इन्जमाम अलि खान, जेरी साउद र सुप्रिया खनालको अभिनय छ भने कोरियोग्राफी स्वयन्त योञ्जनको रहेको छ । आइतबार शिव परियारको व्यक्तिगत युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीत २४ हजार बढीले हेरिसकेका छन् ।  

भिडियाे

Logo