दुबई च्याम्पियनसिप टेनिसको उपाधि मुगुरुजालाई

दुबई च्याम्पियनसिप टेनिसको उपाधि मुगुरुजालाई


स्पेनिस खेलाडी गार्बिन मुगुरुजाले दुबई च्याम्पियनसिप टेनिसको उपाधि जितेकी छिन् । दुबईमा भएको फाइनलमा चेक रिपब्लिककी बारबोरा क्रेजचिकोभालाई हराउँदै मुगुरुजा च्याम्पियन बनेकी हुन् ।

उपाधि जित्ने क्रममा २७ वर्षीया मुगुरुजाले बारबोरामाथि ७–६ (८–६) र ६–३ को सेटमा जित निकालिन । दुई पटकको ग्राण्डस्लाम विजेता मुगुरुजाले करिब दुई वर्षपछि पहिलो डब्लुटिए उपाधि जितेकी हुन् ।

Logo