कीर्तिमानी गीतकार डा. उपाध्यायको विश्वकै छोटो गीत सार्वजनिक (भिडियोसहित)

कीर्तिमानी गीतकार डा. उपाध्यायको विश्वकै छोटो गीत सार्वजनिक (भिडियोसहित)


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले विश्वकै छोटो गीत सार्वजनिक गरेका छन्।  ‘नढाटी भन तिमी’ बोलको गीत सार्वजनिक भएको हो। 

गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको छ । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ। गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। 

‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’

यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वर्ल्ड रेकर्डमा दर्ज भएको छ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका छन्।

 

Logo