लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्घटनामा परेकी कलाकार घिमिरेलाई सहयोग गर्ने

लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्घटनामा परेकी कलाकार घिमिरेलाई सहयोग गर्ने


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले दुर्घटना पश्चात गम्भीर विरामी परेकी कलाकार निशा घिमिरेलाई कलाकार कल्याणकारी कोषमार्फत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। 

गम्भीर विरामी परेकी कलाकार घिमिरेका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनको उपचारमा सार्वजनिक चासो बढ्दै गएको थियो। अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 

महामारीका कारण अप्ठ्यारोमा परेका कलाकारहरुलाई संस्थाले राहत वितरणमा ब्यस्त रहेको समयमा अचानक कलाकार घिमिरेलाई सहयोग आवश्यक परेको खबर आएपछि संस्थाका पूर्वअध्यक्षहरु र निवर्तमान अध्यक्षसमेतको समन्वयमा कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीसँग आवश्यक छलफल गरि कोषमार्फत सहयोग उपलब्ध गराउन लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश विजीले बताए।

Logo