मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका शिक्षक कुटिए

मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका शिक्षक कुटिए


जनकपुरधाम । मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि चक्काम गर्न पुगेका अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो।

चक्काजाम गर्ने क्रममा प्रहरी र आन्दोलनरत शिक्षकहरुबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीमाथि हातपात गरेको भन्दै ७ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारी रहेका छन् ।

पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै अस्थायी शिक्षकहरु असार १९ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । शिक्षक सेवा आयोगको परीक्षामा अनुतीर्ण भएपछि प्रदेश २ मा एक हजार भन्दा बढि शिक्षकहरु बेरोजगार बनेका छन् । उनीहरुले स्वतः स्थायीको माग गर्दै आन्दोलन थालेका हुन् ।

Logo