अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न बोर्डले दियो अनुमति

अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न बोर्डले दियो अनुमति


नेपाल धितोपत्र बोर्डबाट अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्सकान गर्न अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपिओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ । 

बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

Logo