गायक धिरज राईको बुद्ध चिनाउने अभियानमा ५० जना भन्दा वढी सेलिब्रिटी जोडिए

गायक धिरज राईको बुद्ध चिनाउने अभियानमा ५० जना भन्दा वढी सेलिब्रिटी जोडिए


काठमाडौँ

गायक धिरज राईले नेपालमा जन्मिएका गौतम बुद्धलाई विश्वमा चिनाउने अभियान शुरु गरेका छन् । उनले १२ बर्ष अघि कोरियाबाट शुरु गरेको यस अभियानमा अहिलेसम्म ५० जना भन्दा बढी सेलिब्रेटीहरुले साथ दिएका छन् । डा गोविन्द केसी, कुलमान घिसिङ र महानायक राजेश हमाल सम्म यसमा जोडिएका गायक धिरज राइले बताएका छन् ।

यस अभियानमा साथ दिने अन्यमा दयाहाङ राई, सिताराम कट्टेल, शम्भुजित बाँस्कोटा, शिव परियार, रामकृष्ण ढकाल, बर्षा शिवाकोटी छन् । त्यसैगरि नायिका केकी अधिकारी, ब्याकुल माइला, मिस नेपाल श्रृंखला खतिवडा , प्रियंका कार्की, दिपक विष्ट, पुष्कर शाह, संगिना वैद्य, पारस खड्का, पल शाह, शक्ति गौचन लगायतले पनि उनको अभियानमा साथ दिएका छन् ।

धिरज राइले विश्वका विभिन्न मुलुकमा गएर बुद्धको वास्तविकता उजागर गर्न चलाइरहेको अभियानमा जोडिन पाउँदा कलाकारहरुले खुसी व्यक्त गरेका छन् । धिरजको यो अभियानमा सबै नेपालीले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्ने उनीहरुले बताए ।

अभियानकै शिलशिलामा २५ देश पुगिसकेका धिरज अब अस्ट्रेलिया र अमेरिका जाँदैछन् । बुद्धको जन्मभूमिको बारेमा फैलाइएको भ्रम र बुद्धको बिषयमा लेखिएका करिव ४० प्रतिशत गलत पुस्तक सच्याउने उद्देश्यले आफुले अभियान सञ्चालन गरेको धिरज राईले बताएका छन् ।

Logo