आज स्थानीय तह निर्वाचन : देशभर मतदान हुँदै

आज स्थानीय तह निर्वाचन : देशभर मतदान हुँदै


आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । 

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।

यी दुई पालिकामा जेठ ३ गते मतदान हुने 

कपिलवस्तुको महाराजगंज नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मा भने जेठ ३ गते मतदान हुनेछ।  तुलसीपुर १७ मा वडाध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लभरु चौधरी र महाराजगंजका नेपाली कांग्रेसका तर्फबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको वैशाख २७ गते मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । 

आयोगका अनुसार स्थानीय तहका विभिन्न पदमा उम्मेदवार दिएकामध्ये ९ जनाको मृत्यु भएको थियो । तीमध्ये सुनसरीको हरिनगर गाउँपालिका, रौतहटको बृन्दावन नगरपालिका, मोरङको केराबारी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र सिराहाका सिराहा नगरपालिकाका निर्वाचन कार्यक्रम संशोधन भएका थिए । निर्वाचन कार्यक्रम संशोधन भएका ७ स्थानीय तहमा पनि आजै मतदान हुँदैछ । 

 
 

Logo