फेसबुक र इन्स्टाग्राममा समस्या : फेसबुक भन्छ – “समाधान गर्दैछौँ”

फेसबुक र इन्स्टाग्राममा समस्या : फेसबुक भन्छ – “समाधान गर्दैछौँ”


काठमाडौँ

संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ । तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट गर्न भने सक्नुहुन्न ।

हामीले पनि आफ्नो फेसबुक पेजमा भिडियो तथा समाचारका लिंकहरू सेयर गर्न तथा म्यासेन्जरमा म्यासेज पठाउन सकिरहेका छैनौं ।

टेक्नोलोजी साइट भर्जले डेस्कटप भर्सनमा म्यासेन्जर लोड नभएको तथा इन्स्टाग्रामको नयाँ पोस्ट क्रियट गर्ने बटनले समेत काम नगरेको लेखेको छ । यद्यपि मोबाइलमा भने म्यासेन्जरले काम गरिरहेको छ ।

यस्तै अर्को टेक्नोलोजी साइट म्यासेबलले पनि फेसबुक इन्कको स्वामितवमा रहेका फेसबुक र इन्स्टाग्राम दुबैले अजिबखालको व्यवहार गरेको खबर छापेको छ । उसले फेसबुककै अर्को म्यासेजिङ एप ह्वाट्सएपले पनि काम नगरेको लेखेको छ ।

फेसबुकले प्रयोगकर्ताको समस्या थाहा पाएको र जतिसक्दो चाँडो समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ ।

Logo