रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । बिहान साँढे पाँच बजेको समयमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । "/>

रौतहटको चन्द्रनिगाहपुर स्थित राहुल हार्डवेयरमा भीषण आगलागी

रौतहटको चन्द्रनिगाहपुर स्थित राहुल हार्डवेयरमा भीषण आगलागी


रौतहट
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । बिहान साँढे पाँच बजेको समयमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । पसलमा लागेको आगो नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका र सर्लाहीको हरिऔन नगरपालिकाका ३ वटा बारुण यन्त्रले पानी फाले पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ठूलो संख्यामा स्थानीयले प्रयास जारी राखेका छन् । आगलागी भएको घरमा फर्निचर बनाउनका लागि प्लाई राखिएको र प्लाईको आगो निभ्न नसकेपछि घर नै डोजरले भत्काउने तयारी भएको छ । चन्द्रनिगाहपुर बजारमा सबै घर एक आपसमा जोडिएका कारण अन्य घरमा समेत आगो लाग्ने भएकाले पक्की घर नै भत्काउने तयारी भएको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोईरालाले बिद्युतको लाईन सर्ट भएर आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट हार्डबेयर र फर्निचर उद्योगमा के कती क्षेती भयो भन्ने कुरा आगो नियन्त्रणमा आएपछि मात्रै थाहा हुने डिएसपी कोईरालाले बताए ।
नयाँ पत्रिकाबाट

Logo