मोवाइल फोनलाई स्मार्ट फोन बनाउने एपहरु

मोवाइल फोनलाई स्मार्ट फोन बनाउने एपहरु


कुनै पनि मोवाइल फोनमा राम्रो अनुभव लिन राम्रो स्मार्टफोन भएर मात्र हुदैंन त्यसभित्र राम्रा मोवाइल एप भयो भने मात्र हुन्छ । मोवाइल एपकै कारण तपाईको मोवाइल फोन स्मार्ट मोवाइल फोनको रुपमा परिणत हुन्छ । त्यसैले हामी तपाईलाई आफ्नो स्मार्ट फोनलाई अझ स्मार्ट बनाउन केही मोवाइल एपको वारेमा चर्चा गर्ने छौं । यदी चित्त बुझेमा तपाईले आफ्नो मोवाइल फोनमा यि एपहरुलाई राख्न सक्नुहुन्छ ।

क्रोक क्याचर एन्टि थिप (CrookCatcher-Anti Theft) :

एण्ड्रोइड भर्जनमा रहेको यो एपलाई गुगल प्ले स्टोरवाट १० लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन् । २ दशमलव ८ एमबि साईजमा रहेको यो एपको वारेमा ४० हजार प्रयोगकर्ताले विभिन्न ढंगले रिभ्यु समेत गरेका छन् । प्ले स्टोरमा ४ दशमलब ५ स्टार रेटिङ पाएको यो एप मुलत स्मार्टफोनको सुरक्षाको लागि निर्माण गरिएको हो । यो एपलाई स्मार्टफोनमा राखेपछि यदी तपाईको मोवाइल हरायो र यो कसैले पायो । तर तपाईको स्मार्टफोनमा भएको प्यार्टनलाई दोस्रो पटक गलत हानेमा स्मार्टफोनले प्यार्टन हान्ने ब्यक्तिको फोटो खिचेर तपाईको डिभाइस रजिष्टर भएको इमेल आईडिमा लोकेसन सहित मेल गरिदिन्छ ।

थर्टी डे फिटनेस च्यालेन्ज, वर्कआउट एट होम (30 Day Fitness Challenge- Workout at Home):

गुगलको प्ले स्टोरमा रहेको यो एपलाई अहिलेसम्म १ लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन् । ११ एमबी साईजमा रहेको यो एपको वारेमा ४ लाख प्रयोगकर्ताहरुले रिभ्यु गरेर ४ दशमलब ८ स्टार रेटिङ दिएका छन् । फिटनेसको रुपमा रहेको यो एपमा तपाईको शरीरलाई सुहाउदो सबै कुराहरुलाई लेवलको रुपमा राखेको छ । यसमा रहेको लेवल अनुसार तपाईले आफुलाई फिटनेसमा संलग्न गर्नु भयो भने तपाई फिट हुनुहुने छ ।

क्विक लिरिक्स–इन्सट्यान्ट लिरिक्स (QuickLyric- Instant Lyrics):

यदी तपाई संगीतको पारखि हुनुहुन्छ र तपाई कुनै गितको शब्द चाहिएको छ भने यो एप उपयोगी रहेको छ । यसमा धेरै लोकप्रिय र चर्चित गीतका शब्दहरु रहेको छ । गुगलको प्ले स्टोरमा रहेको यो एप १९ एमबि साईजको रहेको छ । यो एपले ४ दशमलब ३ स्टार रेटिङ पाएको छ ।

हेक्स सेडर ( HexShaders):

स्मार्ट मोवाइल फोनलाई स्मार्ट देखाउने सबैभन्दा राम्रो माध्यम भनेको यसको स्क्रिनमा देखिने वालपेपर पनि हो । यसको लागि हेक्स सेडर एप निकै उपयोगि हुने देखिन्छ । गुगलको प्ले स्टोरवाट १ लाख प्रयोगकर्ताहरुले डाउनलोड गरेको यो एपलाई ४ दशमलब ७ स्टार रेटिङ दिएका छन् । निकै कम साइजमा रहेको यो एपको वालपेपरहरुलाई राख्दा मोवाइलको ब्याट्रि कम खाने गरेको । यो वाल पेपरलाई आफ्नो चाहना अनुसार यसको स्पिड र डिजाइनहरुलाई पनि परिवर्तन गर्न सकिन्छ ।

Logo