काठमाडौं

चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको मा बधाई दिएका छन् । "/>

ओलीलाई चीन र बंगलादेशका प्रधानमन्त्रीबाट बधाई

ओलीलाई चीन र बंगलादेशका प्रधानमन्त्रीबाट बधाई


काठमाडौं

चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको मा बधाई दिएका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री लीले बधाई सन्देश पठाउँदै ओलीको कार्यकालमा चीन र नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पारस्परिक लाभका द्विपक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन् ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले ‘वान बेल्ट वान रोड अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने पनि बताएका छन् । यता ओली नेपालको प्रधानमन्त्री भएकामा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी छन् ।

प्रधानमन्त्री ओलीलाई बंगलादेशका प्रधानमन्त्रीले बधाई सन्देश पठाउँदै नेपाल र नेपाली जनताको कल्याणका निम्ति नेता ओलीले निर्वाह गर्नु भएको भूमिकाको नेपाली नागरिकले उच्च मूल्यांकन गरेको बताएकी छन् । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालको राजनीतिक नेतृत्वबाट प्राप्त सहयोग र समर्थनको स्मरण गर्दै प्रधानमन्त्री हसिनाले दक्षिण एशियाको शान्ति र समृद्धिका लागि प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताइन् ।
अन्नपूर्णबाट

Logo