मुम्बईको सिटी सेन्टरमा आगलागी, दुई हजार करोड रूपैयाँ नोक्सान

मुम्बईको सिटी सेन्टरमा आगलागी, दुई हजार करोड रूपैयाँ नोक्सान


मुम्बई ।

मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति लागेको आगोका कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको छ । शनिबार बिहान केही हिस्सामा आगो नियन्त्रणमा आएको भास्कर दैनिकले जनाएको छ ।

आगलागीको सूचना पाएपछि मध्यराति नै महाराष्ट्रका मुख्यमन्त्री आदित्य ठाकरे घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार, आगलागीबाट करिब दुई हजार करोड रूपैयाँको नोक्सानी भएको छ ।

मलमा आगलागी हुँदा करिब पाँचसय मानिस रहेको भएपनि कुनै मानवीय क्षति भने हुन पाएन । प्रहरीले सबैको उद्धार गर्नुका साथै वरिपरिका अन्य घरबाट समेत करिब तीन हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक जाँचमा मलको दोश्रो तलामा रहेको एउटा पसलमा लिथियम ब्याट्री विष्फोट भएर आगलागी सुर भएको अनुमान गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार १५ मिनेटमै पुरै मलमा आगो फैलिएको थियो । एकपटक नियन्त्रणमा आएको आगो पुनः लागेको थियो ।

Logo