शरणार्थी प्रकरणमा संलग्नलाई निडर भएर कारवाही गर्न नायक खड्काको माग

शरणार्थी प्रकरणमा संलग्नलाई निडर भएर कारवाही गर्न नायक खड्काको माग


सीमानाकामा काँडेतारका निर्माता तथा नायक नवल खड्काले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरुलाई निडर भई कारवाही गर्न सरकारसँग आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माता एवं नायक खड्काले सरकार ढल्छ कि भन्ने डर नराखी कारवाही गर्नका लागि आग्रह गरे । सरकार ढले फेरि बनाउन सकिने भन्दै अहिले सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न सक्नुपर्ने उनले सुझाव दिए । 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने र पैसा कुम्ल्याउने तल्लो तहदेखि माथिल्लो तहसम्मको संलग्न रहेको छ । जरादेखि समातेर टुप्पोसम्म नै सशक्त कारवाही गर्नुपर्छ, कारवाही गर्न सरकारले खुट्टा लुलो पार्नुहुँदैन् । आम नागरिक सरकारको पक्षमा छौं । सरकार ढले ढल्छ फेरी बनाईन्छ, यही भएर पनि  डर नमानी कारवाही गर्न अनुरोध गर्दछु । सानोलाई ऐन ठूलोलाई चैन भन्ने परम्परा तोड्नु पर्छ ।’

उनले राष्ट्रिय आविष्कार केन्द्रमा प्रमुख महाबीर पुनको माग पनि सरकारले चाँडो भन्दा चाँडो पूरा गर्नुपर्ने बताए ।  

Logo