काठमाडौं
नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैंको लागि सुल्झाउन आगामी ५ वर्ष भित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ । "/>

नेपाल र भारतबीचको सीमा विवाद सधैंंको लागि अन्त्य हुन पाँच लाग्ने

नेपाल र भारतबीचको सीमा विवाद सधैंंको लागि अन्त्य हुन पाँच लाग्ने


काठमाडौं
नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैंको लागि सुल्झाउन आगामी ५ वर्ष भित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ । नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहनेछन् । यी मध्ये करिब ६ हजार ६०३ सीमा स्तम्भ दुवै देशको सहमतिमा निर्माण गरि सकिएको छ । अब २ हजार भन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी रहेको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए । उनी भन्छन् , ‘हामीले आगामी ५ वर्ष भित्र यी सबै सीमा स्तम्भ निर्माण गर्ने लक्ष्य लिएका छौं । यसैअनुरुप कार्य अघि बढेको छ ।’

सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पूरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण गरिएको छ । यसरी निर्धारित सीमालाई विभिन्न चरणमा तयार गरिएका सीमा नक्सामा उल्लेख गरिएको र विभिन्न स्थानमा सीमा स्तम्भ स्थापना गर्दै आइएको छ । पछिल्लो तीन वर्षमा ६ सय ३ वटा सीमा स्तम्भ निर्माण गर्ने कार्य सम्पन्न भएको छ । यसै अनुभवका आधारमा बाँकी सीमा स्तम्भ निर्माण गर्न ५ वर्षको समयावधि राखिएको हो,’ भट्टले भने ।
नागरिकबाट

Logo