गण्डकी प्रदेश समन्वय परिषद कतारकाे अध्यक्षमा श्रेष्ठ
गण्डकी प्रदेश समन्वय परिषद कतारको दोस्रो साधारण सम्पन्न भएको छ ।`हाम्रो अभिभारा– समृद्घ गण्डकी प्रदेश´भन्ने मुल नारासहित कतारको दोहामा सम्पन्न भएको हो ।
गण्डकी प्रदेश समन्वय परिषद कतारको दोस्रो साधारण सम्पन्न भएको छ ।`हाम्रो अभिभारा– समृद्घ गण्डकी प्रदेश´भन्ने मुल नारासहित कतारको दोहामा सम्पन्न भएको हो ।
आकस्मिक रुपमा भर्चुअल माध्यमबाट पत्रकार सम्मलेनको आयोजना गरेर आपत्ति जनाएको हो ।
वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको युएईमा रहेको एनआरएन युएईमाथि आर्थिक अनियमितताको आरोप लागेपछि एनआरएनए मध्यपूर्व अहिले तातेको छ ।
म्याग्दी जिल्ला बेनी नगरपालिका–९ का एक ६ वर्षीय बालकमा ब्लड क्यान्सर पुष्टि भएको छ । एक्कासि बिरामी भएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
दोहा कतार । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक ५०/६० जनामा झरेसँगै कतारको अवस्था सामान्यतर्फ उन्मुख भइरहेको थियो तर पछिल्लो केही दिन यता सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएसँगै सरकारले कोरोना भाइरसको दोस्रो लहर आउन नदिन विभिन्न क्षेत्रमा पुनः प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
दोहा कतार । कतारको दोहा शहर विश्वकै दोस्रो सुरक्षित शहर तथा राष्ट्रको रूपमा घोषित भएको छ । ग्लोबल क्राईम इन्डेक्स (नम्बिबो) ले विश्वका ४१३ शहरमा गरेको अध्ययन अनुसार कम अपराध हुनेको दर कायम गर्दै सुरक्षित राष्ट्र बनेको हो ।
दोहा कतार । नेपाली महिला समाज कतारले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । जनवरी १९ को दिन, समाज कतारले नेपालमा रहेको सामाजिक संस्था प्रगतिशील समाज नेपालसँगको सहकार्यमा चितवन जिल्ला, ईच्छाकामना गाउँपालिका, टोलांगस्थित चेपाङवस्तीमा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धारुलाई न्यानो कपडा वितरण गरेको हो ।
दोहा कतार । नेपाल मगर सङ्घ, शाखा कतारले मगरहरूको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड माघ्या सकराटी भव्यरुपमा मनाएको छ । पर्वको अवसर पारेर सङ्घका का.बा. अध्यक्ष अभिमत पुन मगरको सभापतित्वमा र नेपाल मगर सङ्घ केन्द्रीय समितिका सल्लाहकार भरत बुढा मगरको प्रमुख आतिथ्यमा सहानियाको अल दोसरी गार्डेनमा पर्व मनाइएको हो ।
दोहा कतार । हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मुख्य नारा लिएर नोभेम्बर १०, २०१७ मा कतार शाखाको रूपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको छ ।
दोहा कतार । नेपाली जनसम्पर्क समिति कतारले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । हमद हस्पिटलको ब्लड डोनेट सेन्टरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।
दोहा कतार। नेकपाको केन्द्रमा देखिएको फुटको असर प्रवासी मञ्चहरूमा समेत प्रस्ट देखिएको छ । नेकपाको प्रवासमा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च कतारमा समेत त्यसको प्रत्यक्ष असर परेको छ ।
दोहा कतार । करिब साढे ३ लाख नेपालीले आफ्नो कर्म थलो बनाएको खाडी राष्ट्र कतार विश्वकै धनी राष्ट्र मध्ये एक हो । कतारले सन् २०२२ मा फिफा वर्ल्डकप तथा २०३० मा एसियन गेमको आयोजना गर्दैछ ।
दोहा कतार । कतारले आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै सन् २०१७ जुन ५ बाट गल्फ राष्ट्रहरू साउदी अरब, बहराइन, ओमन, युएई लगायतले कतारमाथि नाकाबन्दी लगाएका थिए ।
दोहा कतार । नेकपाको केन्द्रमा देखिएको फुटको राजनीतिक खिचातानीको असर प्रवासमा समेत देखिएको छ । नेकपाको प्रवासमा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च कतारमा समेत त्यसकाे प्रत्यक्ष असर परेको छ ।
कतार । कतारमा कोरोनाका सङ्क्रमित घटेर दुई हजार भन्दा कम भए पनि खोप लगाउन सुरु गरिएको छ । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको हो भने वुधबारबाट लगाउन सुरु गरिएको छ ।
दोहा कतार । कतारका संस्थापक शेख जासिम बिन मोहम्मद बिन अल थानी हुन् । शेख जासिमले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ लाई कतारको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ऐतिहासिक दिन मानिन्छ ।
काठमाडौं । नेपाली गीत सङ्गीतको क्षेत्रमा हरेक विधाको गीत गाउने तथा सिर्जना गर्न सक्ने कलाकार नगण्य मात्रामा छन् । ती मध्येका एक हुन् रमेशराज भट्टराई ।
दोहा, कतार । कतारको राष्ट्र बैङ्कले पाँचौं संस्करण अन्तर्गत नयाँ नोटहरू बजारमा ल्याउन लागेको छ । कतारको राष्ट्रिय दिवस अर्थात् डिसेम्बर १८ बाट लागू हुने गरि नयाँ नोट जारी गर्न लागिएको हो भने पहिलो पटक कतारले २०० रियालको नोट बजारमा ल्याउँदैछ ।
दोहा कतार । जन्मसँगै लिएर आउने वंशाणुगत दुर्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १’ बाट ग्रसित नवलपरासीकी १४ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट १० लाख रुपैंयाँ आर्थिक सहयोग पठाइएको छ ।
दोहा कतार । कोरोनाका कारण पारेको असर, तथा बिरामी लगायत विविध समस्या परेर नेपाल जान नसक्ने अलपत्र अवस्थामा रहेका १४ जना नेपाली नागरिकहरुलाई स्वदेश फिर्तिका लागि हवाई टिकट उपलब्ध गराएको गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारले जनाएको छ ।
दोहा कतार । 'गुल्मी सेवा समाजको प्रतिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता' भन्ने मूल नारा लिएर सन् २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारको आठौँ साधारण सभा सम्पन्न भएको छ ।
दोहा कतार। कतारमा सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्ने, सवारी साधनमा तोकिए भन्दा बढीले यात्रा गर्ने तथा होम क्वारेन्टाइनको नियम उल्लङ्घन गर्ने नागरिकहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
दोहा कतार । कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पूरा गरि उडान रोकिएकाहरुले अब कतार प्रवेश पाउने भएका छन् । विगत केही समयदेखि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) भएकाहरूले मात्र प्रवेश पाउँदै आएको भए पनि आउँदो आईतबार अर्थात् नोभेम्बर १५ बाट नयाँ भिसा स्वीकृति सहित प्रवेश अनुमति दिइने भएको छ ।
दोहा कतार । कतारमा बर्सातको आह्वान गर्दै स्तिस्का प्रार्थना (नमाज) गरिएको छ । कतारका राजा सेख तामिम बिन हमाद अल थानीको विशेष अनुरोधमा स्तिस्का (वर्षाको निमित्त) प्रार्थना गरिएको हो ।