तपाईं–हामी जनता कि आन्दोलनकारी ?
कुरा कदापि पनि पक्ष र विपक्षको होइन मात्र प्राथमिकताको हो । यत्तिका भिड सडकमा उत्रिएको देख्दा तिनले होटलमा खाने, बस्ने, पेट्रोल, झन्डा, पर्चा पम्प्लेट, ब्यानर आदिको खर्च कति हुन्छ होला ? के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर लाग्ने दिन कहिले आउला ? यत्रो जमात मानवीय सेवामा एक भएर लाग्ने दिन पनि त आए हुन्थ्यो ।