मनोज न्यौपाने

‘संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले अभ्यास गर्न पाउनु पर्छ...’ – शिव परियार

काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ ।

मनोज न्यौपाने

'देशको अवस्था देखेर दुःख लाग्छ, सोचे जस्तो पनि नहुँदाे रहेछ' : प्रधानमन्त्री पत्नी शाक्य

राधिका शाक्य कोही कसैका दुःख र पीडामा यसै भावुक भइदिन्छिन् । आज श्रीमान् प्रधानमन्त्री भएर मात्र होइन धेरै अघि पनि काठमाडौंका गल्लिमा भेटिने र देखिने दुःखी गरिवहरूको वेदनाले उनलाई भावुक बनाउँथ्यो ।

मनोज न्यौपाने

रंगीन दुनियाँको पर्दा पछाडि हुर्किएका भरतको ‘भिजुअल डिजिटल जर्नी’

काठमाडौं - समय र सन्दर्भ अनि मिहिनेतले काँचो माटोले आकार लिन्छ । उसैगरि भरत रेग्मीको जीवनले पनि आकार लियो । आरजे/भिजे अर्थात् रेडियो/टेलिभिजन प्रस्तोता बन्ने ठूलो रहर बोकेर काठमाडौं आएका रेग्मी आज एक ‘डिजिटल आर्टीष्ट’ अर्थात् भिडियो सम्पादक, रंग संयोजकका रूपमा परिचित छन् ।

मनोज न्यौपाने

विद्यालय खोल्ने सरकारको निर्णयप्रति जनस्वास्थ्यविद्को चिन्ता

काठमाडौं । सरकारले कोभिड १९ का कारण बन्द भएका विद्यालयहरु खुल्ला गर्न अनुमति दिएको छ । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरिय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।

मनोज न्यौपाने

नेपाली राजनीतिमा पुष ४ र ५ गते, यस्ता छन् घट्नाक्रम (भिडियाेसहित)

काठमाडौं । २०७७ साल पुष ५ गते, नेपाली राजनीतिले एकाएक नयाँ मोड लियो । सत्तारूढ दल नेकपाभित्रको विवाद चर्कँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा हिजो आइतवार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले संसद्को तल्लो सदन विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो ।

मनोज न्यौपाने

के कोरोना निको भएका व्यक्तिले पुनः संक्रमण गराउँछन् ? : डा. सन्जिब ह्योजु (भिडियाेसहित)

काठमाडौं । विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को विषय विश्व समुदाय आक्रान्त छ । हालसम्म विश्वमा ५ करोड ९५ लाख ७० हजार बढी मानिस संक्रमणको चपेटा बेहोरीसकेका छन् ।

मनोज न्यौपाने

कोरोना संक्रमणपछि कुन–कुन औषधि खाने, कसरी क्षति न्यूनिकरण गर्ने ? यस्तो छ डा.संजिव ह्योजुको सल्लाह (भिडियो)

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ विश्व समुदायका लागि चुनौतिको विषय बनेको छ । मानिसहरू यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने सोध तथा अनुसन्धानमा लागि परेका छन् ।

मनोज न्यौपाने

'शरीरमा इम्युनिटी पावर बढी हुँदा पनि कोरोनाको असर ज्यादा हुन्छ' : डा. संजिव ह्योजु (भिडियाे)

काठमाडौं । विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को विषय विश्व समुदायका लागि प्रमुख समस्याको विषय बनिरहेको छ । यस्तो अवस्थामा मानिसहरू कसरी यसबाट मुक्त हुन सकिन्छ भन्ने सोचमा छन् ।

मनोज न्यौपाने

यी हुन् तिहार लिएर आउने सदाबहार गीतहरू

काठमाडौं । सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरि मनाएका पाँच दिनको समय हो यमपञ्चक । पौराणिक कथासार अनुसार यमुनाको व्यवहारले प्रशन्न भई राजा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ दाजु बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् ।

मनोज न्यौपाने

यस्ताे हुँदैछ महामारीका बीच संगीतकर्मीहरूको संयमित दसैं

काठमाडौं । दसैं नजिकिँदै गर्दा कलाकारहरू अझ भनौं गायक गायिकाको डिमान्ड उच्च हुन्छ । देश विदेशमा हुने स्टेज कार्यक्रममा उनीहरूको माग धेरै ने हुने गर्दछ ।

मनोज न्यौपाने

यस्ता छन् दसैंमा गुञ्जने सदाबहार गीतहरू

काठमाडौंदुर्गापूजा, टीका र जमरा दसैंका मुख्य विशेषता हुन्, तर दसैंसँग थुप्रै विषय जोडिने गरेका छन् । भलै वर्ष २०७७ महामारीले यसका विशेषतामा ह्रास ल्याएको छ ।

मनोज न्यौपाने

कोरोना कहरमा कलाकारहरूको म्युजिक भिडियो क्रेज, रहर कि वाध्यता ? (भिडियो)

‘अब त यस्तो लागिसक्यो कि, चमत्कार नै होस्, सरकारले सूचना जारि गरोस्– ल सब ठिकठाक भयो । सबैजना आ–आफ्नो काममा फर्कन सक्नु हुनेछ । ’, अभिनेता विपिन कार्कीको मनोकांक्षा हो यो ।

मनोज न्यौपाने

महामारीमा कलाकारको जिउने आधार, म्युजिक भिडियोमा बहार !

काठमाडौं । ‘अब त यस्तो लागिसक्यो कि, चमत्कार नै होस्, सरकारले सूचना जारि गरोस्– ल सब ठिकठाक भयो । सबैजना आ–आफ्नो काममा फर्कन सक्नु हुनेछ । ’, अभिनेता विपिन कार्कीको मनोकांक्षा हो यो ।

मनोज न्यौपाने

नेपाली कलाकारको युट्युव मोह, टाइमपास कि डलरको लोभ ?(भिडियो)

काठमाडौं । सञ्चार जगत्को दरिलो माध्यम मध्ये युट्युव एक सशक्त माध्यम हो । जहाँ, समाचार, मनोरञ्जन, शिक्षा, खेलकुद तथा थुप्रै विधागत विषय अटाएका छन् र यहाँ, दर्शकको पहुँच पनि सहज छ ।

मनोज न्यौपाने

महामारीले शिथिल चलचित्र क्षेत्रमा मल्हम लगाउँदै चलचित्र विकास बोर्ड

काठमाडौं । महामारीको चपेटामा फसेको नेपाली फिल्म क्षेत्रले कहिले सम्ममा लय लिने हो कुनै टुंगो छैन । नेपाली चलचित्र बजारको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने पनि उति सुखद नभइरहँदा यस वर्षको कोरोना भाइरस प्रभावले यो उद्योग कति पर धकेलिने हो, कुनै अनुमान गर्ने अवस्था छैन ।

मनोज न्यौपाने

विद्युत कटौती बढेसँगै जनतामा लोडसेडिङको आशंका, प्राधिकरण भन्छ- ‘एक जना बाहिरिंदैमा प्रणाली बाहिरिंदैन’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ४ वर्षे कार्यकाल पूरा गर्दै कुलमान घिसिङको वहिर्गमन भएसँगै विद्युत काटिएको जनगुनासो बढेको छ ।

मनोज न्यौपाने

'म मेरा प्रशंसकहरूको विश्वास कहिल्यै तोड्ने छैन' : प्रविण बेडवाल, गायक (भिडियोसहित)

बर्दिया जिल्ला राजापुरमा जन्मिएका प्रवीण बेडवाल नेपाल आइडल सिजन–३ मा एक अब्बल प्रतियोगी त छँदै थिए, सँगै उनी प्रतियोगिताको फस्ट रनरअपको उपाधी समेत उचाल्न सफल रहे ।

मनोज न्यौपाने

पर्याप्त कुटनीतिक पहलको अभावमा अल्झिएको नेपाल–भारत सीमा विवाद

काठमाडौं । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन वार्ता भएको दुई हप्ता वितिसक्दा पनि नेपाल भारत सीमा विवादको विषय अघि बढ्न सकेको छैन ।

मनोज न्यौपाने

विदेशकाे भिसा नलाग्दा सिङ्गिङ आइडल बनेकी सज्जाकाे उपाधि यात्रा (भिडियाेसहित)

काठमाडौं । ०७७ साल भदौ १२ गतेको त्यो साँझ नेपाली संगीत बजारले एउटा नयाँ अनि उत्कृष्ट प्रतिभा प्राप्त गरेको साँझ । त्यो प्रतिभाको नाम हो सज्जा चौलागाईं ।

मनोज न्यौपाने

'म ‘म’ भएर बाँच्न चाहन्छु' : रेखा थापा (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेकी अभिनेत्री हुन् रेखा थापा । आज पनि नेपाली चलचित्र जगतमा नायिका थापाको उपस्थिति उल्लेख्य र अर्थपूर्ण मान्ने गरिन्छ ।

मनोज न्यौपाने

'संघर्ष र साधनाले आज फलैफलले नुहेको वृक्ष झैं भएको छु' -शिव परियार, गायक (भिडियाेसहित)

काठमाडौं । काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ । सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज नेपाली संगीत क्षेत्रमा सफल अनि चर्चित गायककारूपमा परिचित छन् ।

मनोज न्यौपाने

राजनीतिकरण हुँदै ‘इनफ इज इनफ’ अभियान (भिडियोसहित)

काठमाडौं । चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको असरले नेपाललाई पनि अछुतो राख्न सकेन । जसको प्रभाव र असरलाई न्युनिकरणका लागि सरकारद्वारा गत चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा भयो ।

मनोज न्यौपाने

चेपाङ युवकको मृत्यु : निकुञ्ज क्षेत्र भन्छ- 'कुनै कानुन छैन', परिवार भन्छ- 'न्याय नपाउन्जेल शव बुझ्दैनौं'

सेनाको कुटाइबाट गत बुधबार चितवनको राप्ती नगरपालिका-२ मिलनटोलका २४ वर्षीय युवा राजकुमार चेपाङको सेनाको कुटपिटबाट मृत्यु भयो । गएको साउन १ गते राजकुमरासहित ७ जनाको समूह जंगल गएका थिए ।

मनोज न्यौपाने

'यो गीत गाउने भन्दा पनि देश बनाउने समय हो'–कोमल वली (भिडियोसहित)

काठमाडौं । संचारकर्मी र कलाकार भनेर सबै सामू चिनिएकी राष्ट्रियसभा सांसद कोमल वलीले यस वर्ष कुनै पनि तीज गीत नल्याउने बताएकी छिन् । हाल, गायन करियरभन्दा पनि देशको नीति निर्माणको जिम्मेवारी सम्हालीरहेको अवस्थामा गीत निकाल्न नभ्याउने वलीको भनाइ छ ।

मनोज न्यौपाने
मनोज न्यौपानेका अरु समाचारहरु
केन्द्रबिन्दु टिभी