विद्यार्थीको पहिलो रोजाइमा पर्ने कलेज, ‘द टाइम्स इन्टरनेशनल’ (भिडियाे)

विद्यार्थीको पहिलो रोजाइमा पर्ने कलेज, ‘द टाइम्स इन्टरनेशनल’ (भिडियाे)


सन् २००७ मा स्थापना भएको द टाइम्स इन्टरनेशनल कलेज, गुणात्मक शिक्षा दिने सफल शिक्षण संस्थाका रुपमा परिचित छ। काठमाडौंको डिल्लीबजारमा अवस्थित द टाइम्स कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तर्फ  B.C.A, B.B.M, B.S.W, B.B.S, BA र MBS  प्रोग्रामहरु सञ्चालन गरिरहेको छ। 

विगतमा स्नातक तर्फ उत्कृष्ट नतिजा निकाल्दै टाईम्सले शिक्षण संस्थाहरुको माझमा राम्रो छाप छोडेको छ । विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने, योग्य जनशक्ति उत्पादनमा यस कलेजको बिशेष ध्यान गएको पाइन्छ । सोही अनुसार आफ्ना कोर्षलाई समय सान्दर्भिक बनाउँदै लगेको पनि छ । 

कलेजले सैद्धान्तिक ज्ञान मात्र नदिएर प्रयोगात्मक अभ्यासमा पनि जोड दिने गरेको छ । जसबाट विद्यार्थीले अध्ययनलाई कसरी व्यवहारिक बनाउने भन्ने कुराको ज्ञान सुरुवातबाटै प्राप्त गर्ने गरेका छन्। विशेष गरी कलेजले म्यानेजेरियल स्किल अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । विद्यार्थीलाई हरेक वातावरणमा प्रतिस्पर्धा गर्न सक्ने र हरेक चुनौतीको सामना गर्दै अघि बढ्न सक्ने बनाउन कलेजले उपयुक्त शिक्षण विधिको विकास गरेको छ। 

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले पनि टाइम्स कलेज विद्यार्थीहरुको रोजाइमा पहिलो नम्बरमा पर्ने गरेको छ। जीवन उपयोगी शिक्षामा जोड दिएको यो कलेज आइएसओ सर्टिफाइड छ। 

अध्ययनमा अब्बल ठहरिदै अन्तर्राष्ट्रिय उपाधिसमेत प्राप्त गरेको यस कलेजले स्नातक तर्फ उत्कृष्ट नतिजा लिकाल्दै आएको छ । युनिभर्सीटी टप गर्नेदेखि यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु बिभिन्न क्षेत्रमा स्थापित पनि भएका छन् । 

कलेजका विषयमा प्रिन्सिपल शंकरप्रसाद गैरे भन्छन्, 'टाईम्स कलेजले कोर्षको विविधतालाई एउटा निश्चित सिस्टमभित्र राखेको छ जसबाट तोकिएको समयमा सम्पूर्ण कोर्ष पूरा हुने गरेको छ । कोर्षको कुरा मात्र नभई जीवन उपयोगी कुरा अध्ययन गराउने टाइम्स कलेजले अध्ययन गरेको बिषयलाई मार्केटमा लिङ गराउने काम पनि गर्दै आएको छ।' 

अध्ययनमा अब्बल ठहरिदै अन्तर्राष्ट्रिय उपाधिसमेत प्राप्त गरेको यस कलेजले स्नातक तर्फ उत्कृष्ट नतिजा लिकाल्दै आएको छ । युनिभर्सीटी टप गर्नेदेखि यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु बिभिन्न क्षेत्रमा स्थापित पनि भएका छन् । 


  
टाइम्स कलेज अनुभवी अध्यापकहरु भएको शिक्षण संस्था पनि हो । सुविधा सम्पन्न कलेजमा छात्रछात्राका लागि छुट्टाछुट्टै होस्टेलको व्यवस्थासमेत यस कलेजले गरेको छ । बौद्धिक जनशक्तिका लागि आधार तय गर्ने शैक्षिक संस्थाका रुपमा रहेको टाईम्स कलेजले अभिभावक  र विद्यार्थीको भरोसा मर्न नदिने गरी अध्ययन गराउँदै आएको छ । टाईम्स इन्टरनेशनल कलेज  प्लस टु उत्र्तीण गरि स्नातक अध्ययनका लागि उपयुक्त कलेजको खोजीमा रहेका विद्यार्थीका लागि उपयुक्त शैक्षिक संस्था बन्नेमा कुनै दुईमत छैन । 

कलेजका विशेषताहरु:
-विद्यार्थीलाई अनुशासित बनाउन निरन्तर परामर्श दिने कलेज ।  
-राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित व्यक्तिहरु संलग्न रहेको कलेज । 
-भौतिक सुविधासम्पन्न कलेजमा लाईब्रेरी, क्यान्टीन, अतिरिक्त क्रियाकलापमा फिल्ड भिजिट, प्रोजेक्ट वर्कको व्यवस्था भएको कलेज । 
-राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तिबाट भ्रमण हुने कलेज । 
-विद्यार्थीलाई सामाजिक क्रियाकलाप, सेमिनार, वर्कसप, सिम्पोसियम लगायत क्रियाकलापमा सहभागी हुन उत्प्रेरणा दिने कलेज । 
-शान्त वातावरण, सुविधा सम्पन्न पूर्वाधार, पुस्तकालय, खेल मैदान भएको कलेज । 

 

योग्य जनशक्ति उत्पादनको दाबी गर्ने कलेज, द टाइम्स इन्टरनेशनल

योग्य जनशक्ति उत्पादनको दाबी गर्ने कलेज, द टाइम्स इन्टरनेशनल
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले पनि टाइम्स कलेज विद्यार्थीहरुको रोजाइमा पहिलो नम्बरमा पर्ने गरेको छ । जीवन उपयोगी शिक्षामा जोड दिएको यो कलेज आइएसओ सटिफाइड छ । #thetimesinternationalcollege #kendrabindu #Dillibazar #bestcollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, January 10, 2022

Logo