व्यवस्थापन तर्फ नेपालकै उत्कृष्ट कलेज ‘युनिग्लोब’ (भिडियो)

व्यवस्थापन तर्फ नेपालकै उत्कृष्ट कलेज ‘युनिग्लोब’ (भिडियो)


काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त व्यवस्थापन संकायको उत्कृष्ट कलेज हो । BBA, BBA-BI, MBA, MBA (Finance) पढाई हुने युनिग्लोब, व्यवस्थापन तर्फ नेपालकै चर्चित शैक्षिक गन्तव्य पनि हो । 

आजको प्रतिस्पर्धात्मक युगमा यस कलेजले प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने हैसियत राख्छ । सरकारी होस् वा गैरसरकारी संस्था, व्यापारिक इन्डष्ट्री होस् वा आफ्नै व्यवसाय सञ्चालन गर्ने किन नहुन्, यस कलेजबाट ग्रेजुएट भएकाहरु कुनै पनि क्षेत्रमा निराश हुनु परेको छैन। जहाँ गए पनि नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनका लागि यस कलेजले सुरुवातबाटै ध्यान पुर्याउने गरेको छ ।

अझ दक्ष र अनुभवी अध्यापक, शिक्षणमैत्री कक्षा कोठा, शान्त वातावरण, पुस्तकालय, आधुनिक भौतिक संरचनाले पनि यस कलेजलाई देशकै उत्कृष्ट कलेजका रुपमा दर्ज हुन मद्दत पुर्याएको छ । एकअर्कालाई सहयोग गर्दै अध्ययन गर्ने विद्यार्थीको बानीले पनि कलेजलाई उचाइ लिन सहयोगी भूमिका खेलेको छ । 

विद्यार्थी तथा अभिभावकले विश्वास गर्न योग्य यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै व्यवस्थापन संकायतर्फ उत्कृष्ट पढाई हुने शिक्षण संस्थाको छबी बनाउन सफल छ। कलेज जीवनलाई मर्यादित र उपलब्धिमुलक बनाउन आचारसंहिता लागू गरेको यो कलेजले अध्ययन र अध्यापनका लागि कसैसँग सम्झौता गर्दैन ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनिग्लोब कलेज स्थापनाको छोटो समयमा नै सफलताको उचाइमा छ। बिभिन्न देशका कलेजसँगको सहकार्यले पनि यस कलेजलाई अन्तर्राष्ट्रियस्तरको पढाईं व्यवस्थापनमा सहयोग पुर्याउने गरेको छ। युनिग्लोब कलेज विद्यार्थीमा उद्यमशीलताको विकास, विजनेश फाइनान्स, स्टक मार्केट, ल्याब, रिसर्चका लागिसमेत परिचित छ। 

विद्यार्थी तथा अभिभावकले विश्वास गर्न योग्य यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै व्यवस्थापन संकायतर्फ उत्कृष्ट पढाई हुने शिक्षण संस्थाको छबी बनाउन सफल छ। कलेज जीवनलाई मर्यादित र उपलब्धिमुलक बनाउन आचारसंहिता लागू गरेको यो कलेजले अध्ययन र अध्यापनका लागि कसैसँग सम्झौता गर्दैन । कक्षा कोठामा प्रवेश गर्दै गर्दा विद्यार्थी हुन वा अध्यापनका लागि कक्षा छिर्दै गरेका शिक्षक किन नहुन्, दुवैको उद्देश्य एउटै, एउटा कुशल व्यवथापक उत्पादन गर्ने । जुन युनिग्लोब बाट मात्र सम्भव छ ।   

कलेजका विशेषताहरु :
-व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल कलेज ।
-अनुभवी अध्यापकद्वारा पढाई हुने व्यवस्थापन संकायको उत्कृष्ट कलेज । 
-शान्त वातावरमा अवस्थित कलेज । 
-विषयगत कोर्षका लागि सुविधा सम्पन्न कम्प्युटर ल्याब, इन्टरनेट भएको कलेज । 
-पर्याप्त भौतिक पूर्वाधार भएको कलेज । 
-अडियो, भिडियोसहितका कक्षा कोठा भएको कलेज । 
-८ हजारभन्दा बढी कोर्षबुकसहित अन्तर्राष्ट्रियस्तरमा प्रकाशन भएका पुस्तक, पत्रपत्रिकासहितको पुस्तकालय भएको कलेज । 
-विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरमा एक्सपोजरको व्यवस्थासहित एजुकेशनल टुर, अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउने कलेज । 
-अमेरिका, बेलायत, जापान, थाईल्याण्ड, भारतलगायत देशका प्रख्यात विश्वविद्यालयमा अध्यापन गराउने अध्यापकको साथ रहेको कलेज । 

 

अमेरिका, बेलायत र भारतका प्राध्यापकको साथ रहेको कलेज'युनिग्लोब'

अमेरिका, बेलायत र भारतका प्राध्यापकको साथ रहेको कलेज'युनिग्लोब' विद्यार्थी तथा अभिभावकले विश्वास गर्न योग्य यो कलेज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै व्यवस्थापन संकायतर्फ उत्कृष्ट पढाई हुने शिक्षण संस्थाको छबी बनाउन सफल छ । #uniglobecollege #kendrabindu #baneshwor #BBA #BBABI

Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, January 10, 2022

Logo