पढाई नसकिंदै जागिरको प्रस्ताव आउने कलेज, एनसीसीएस (भिडियाे)

पढाई नसकिंदै जागिरको प्रस्ताव आउने कलेज, एनसीसीएस (भिडियाे)


नेशनल कलेज अफ कम्प्युटर स्टडिज अर्थात् एनसीसीएले आफ्नो यात्राको दुई दशक पूरा गरिसकेको छ। काठमाडौं क्षेत्रपाटीको पकनाजोलमा रहेको एनसीसीएस कलेजमा प्लस टू बाहेक ब्याचलर्स तर्फ ४ वर्षे बीआइएम, बीएचएम, बीएससीसीएसआएटी, बीबीएम, र बीसीए अध्यापन हुँदै आएको छ। 

मुलुककै जेठो त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले होटल म्यानेजमेन्ट र इन्फर्ममेशन म्यानेजमेन्टका कोर्षमा बिशेष नजर राखेको छ। दुई दशक अघि करिब ३५ जना विद्यार्थीबाट सुरु भएको यो कलेजका बिभिन्न प्रोग्राममा अहिले २५ सय विद्यार्थी आवद्ध छन् । 

होटल म्यानेजमेन्टका विद्यार्थीलाई स्वदेशमा मात्र नभएर चीन, दुबई लगायत देशका विभिन्न ठाउँमा इन्टर्नसिपका लागि यस कलेजले अवसर मिलाइदिने गरेको छ ।

एनसीसीएस कलेजले ब्याचलर्स तर्फ फ्याकल्टी अनुसार डिपार्टमेन्ट र कमिटी गठन गरि अध्यापन गराइरहेको छ । जसले गुणात्मक शिक्षा प्रदान गर्न मद्दत पुर्याएको छ। एकेडेमिक क्यालेण्डर अनुसार अगाडि बढ्ने यो कलेजले टिचिङ लर्निङ एण्ड इभ्यालुएसन् सिस्टम अन्र्तगत लेसन प्लान बनाएर विद्यार्थीका लागि कक्षा संचालन गदैं आएको छ ।

एनसीसीएसले विभिन्न प्रोजेक्टमा सहभागी गराउँदै ब्याचलर्सका विद्यार्थीलाई पढाई नसकिँदै बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने गरेको छ । त्यति मात्र नभएर विद्यार्थी केन्द्रित शिक्षण विधिबाट पढाई हुने भएकाले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो एकेडेमिक इयरमा सम्पूर्ण कोर्स पूरा गर्न पाउँछन् ।

५ रोपनी क्षेत्रफलमा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार रहेको यो कलेजको अर्को सवल पक्ष भनेको होटल म्यानेजमेन्टको अध्यापन पनि हो । होटल म्यानेजमेन्टका विद्यार्थीलाई स्वदेशमा मात्र नभएर चीन, दुबई लगायत देशका विभिन्न ठाउँमा इन्टर्नसिपका लागि यस कलेजले अवसर मिलाइदिने गरेको छ । एनसीसीएसबाट पासआउट भएका विद्यार्थीले अहिले पनि काठमाडौंका धेरै संघसंस्था तथा होटलमा म्यानेजरको जिम्मेबारी पाएका छन् भने आफ्नै व्यवसाय सञ्चालन गर्नेहरु सफल नागरिकमा गनिएका छन् । कलेजले जब प्लेसमेन्टमा पनि विद्यार्थीलाई सहजिकरण गरिदिने गरेको छ। 

ब्याचलर्स तर्फका विभिन्न कार्यक्रमको उत्कृष्ट नतिजा पस्किरहेको यस कलेज प्लस टु सकेर ब्याचलर्समा भर्ना हुन चाहने विद्यार्थीका लागि एनसीसीएस उपयुक्त गन्तव्य हो । स्थापनाको २१ वर्ष पूरा गर्नुले पनि यो कलेजको सफलता मापन गर्न सकिन्छ । रमणीय वातावरण, आवश्यक भौतिक पूर्वाधार, ठूलो पुस्तकालय, खेल मैदान मात्र हैन मिलनसार र अनुभवी शिक्षक शिक्षिका पनि यो कलेजको गहना हुन् । हरेक वर्ष ९० प्रतिशत बढी नतिजा निकाल्न सफल यो कलेज धेरै विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने कलेज हो ।  

कलेजका विशेषताहरु:
-५ रोपनी क्षेत्रफलमा फैलिएको शान्त वातावरण भएको कलेज । 
-गुणस्तरीय शिक्षाका लागि नब्बे प्रतिशत माथिको रिजल्ट ग्रेडिंग भएको कलेज ।
-हाईटेक होटेल म्यानेजमेन्ट र सुविधासम्पन्न कम्प्युटरल्याब भएको कलेज । 
-विद्यार्थीलाई अनुशासित बनाउन निरन्तर परामर्श दिने कलेज । 
-विद्यार्थीलाई कोर्षका बुक आफैं उपलब्ध गराई दिने कलेज । 
-कमजोर विद्यार्थीमा बिशेष ध्यान दिने कलेज । 
-विद्यार्थीको सर्वांगिण विकासका लागि इनडोर र आउटडोर खेलकुदमा ध्यान पुर्याउने कलेज । 
-सामाजिक क्रियाकलाप, सेमिनार, वर्कसप लगायत क्रियाकलापमा विद्यार्थीलाई प्रोत्साहन गर्ने कलेज। 

 

 

पढाई नसकिंदै जागिरको प्रस्ताव आउने कलेज, 'एनसीसीएस' || National College of Computer Studies

पढाई नसकिंदै जागिरको प्रस्ताव आउने कलेज, 'एनसीसीएस' || National College of Computer Studies
नेशनल कलेज अफ कम्प्युटर स्टडिज अर्थात् एनसीसीएले आफ्नो यात्राको दुई दशक पूरा गरिसकेको छ। काठमाडौं क्षेत्रपाटीको पकनाजोलमा रहेको एनसीसीएस कलेजमा प्लस टू बाहेक ब्याचलर्स तर्फ ४ वर्षे बीआइएम, बीएचएम, बीएससीसीएसआएटी, बीबीएम, र बीसीए अध्यापन हुँदै आएको छ।
Contact:
Phone No: 4251711,4228807, 4267866, 4268221
Email: info@nccs.edu.np
Location: Paknajol, Kathmandu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, February 9, 2022

Logo