पढाइसँगै जबको पनि अवसर दिलाउने कलेज, टेक्सस (भिडियोसहित)

पढाइसँगै जबको पनि अवसर दिलाउने कलेज, टेक्सस (भिडियोसहित)


उत्कृष्ट म्यानेजमेन्ट र आईटी अध्ययनको गन्तव्यका रुपमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, काठमाडौंको सिफलमा रहेको छ। यस कलेज, टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्क (2010) को भगिनी संस्था हो । बीबीए र एम.बी.ए. तर्फ शतप्रतिशत नतिजा ल्याउन सफल यस कलेजले बीआईटी तथा बीसीएस (Cyber-Security and Network Technology) जस्ता विषयको समेत अध्यापन गराउँदै आएको छ। 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सस कलेजसँग मलेसियामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिंकन युनिभर्सिटीको कोल्याब्रेसनमा रहेको बेलायतको युनिभर्सिटी अफ हर्टफोर्डसाइर, द युनिभर्सिटी अफ क्याम्ब्रिज, युनिभर्सिटी अफ लण्डन, द युनिभर्सिटी अफ हर्डस् फिल्डको पनि सहकार्य छ। अमेरिकाको सेन्ट लुईस युनिभर्सिटी र साउथ इष्ट युनिभर्सिटी, फिनल्याण्डको द हेग्गहेला युनिभर्सिटी अफ अप्लाईड साइन्स तथा घानाको प्रिस बेटेरियन युनिभर्सिटीले पनि टेक्सससँग सम्बन्ध गाँसेका छन् । लिंकन युनिभर्सिटिबाट प्राप्त डिग्री विश्वभर मान्य रहेकाले पनि टेक्सस अभिभावक र विद्यार्थीको रोजाइमा पहिलो नम्बरमा पर्ने गरेको छ। 

यस टेक्सस कलेजले साईन्स एण्ड टेक्नोलोजी, होटल म्यानेजमेन्टसहित मानविकी संकायमा पनि उत्कृष्ट नतिजा निकाल्दै आएको छ । टेक्सस कलेजमा व्यवस्थापन तथा आई.टी तर्फ बिबिए, बिआइटी, बिसिएस, बिएचएम, एमबिए, एमसिएस लगायत विषयको अध्यापन गराईन्छ । आइटीमा यस कलेजले परिवर्तित अन्तर्राष्ट्रिय बजार अनुसारका नयाँ प्रोग्रामहरु अफर गरिरहेको छ । टेक्ससबाट अहिलेसम्म २ व्याच ग्रेजुएट भएका छन् । जसले म्यानेजमेन्ट तथा आईटीको क्षेत्रमा अध्ययन गर्न चाहेका र यसैमा करियर खोजिरहेकालाई टेक्सस उपयुक्त शैक्षिक गन्तव्यका रुपमा स्थापित गराएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सस कलेजसँग मलेसियामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिंकन युनिभर्सिटीको कोल्याब्रेसनमा रहेको बेलायतको युनिभर्सिटी अफ हर्टफोर्डसाइर, द युनिभर्सिटी अफ क्याम्ब्रिज, युनिभर्सिटी अफ लण्डन, द युनिभर्सिटी अफ हर्डस् फिल्डको पनि सहकार्य छ।

विद्यार्थीलाई अब्बल बनाउन विषयगत दक्ष शिक्षकबाट अध्यापनको चाँजोपाँजो यस टेक्सस कलेजले मिलाएको छ । विभिन्न इन्डष्ट्री र कर्पोरेट हाउसका पदाधिकारीबाट यस कलेजमा हुने भ्रमण र उहाँहरुको सुझाव सल्लाहले पनि यस कलेजलाई सफल बन्न प्रेरणा मिलेको छ । 

यस कलेजले म्यानेजमेन्ट विजनेस र इनोभेसनलाई कसरी सेपिङ गर्ने, स्टुडेन्टलाई कसरी फ्यासिलेटेड गर्ने भन्ने कुरामा बिशेष ध्यान दिएको छ । आजको आवश्यकता भनेको कोलाब्रेट लर्निङ हो, विद्यार्थी केन्द्रित कर्पाेरेटबाट बढी फलो हुने भएकाले यस कलेजले सुरुवातबाटै आधार तयार गर्दै ल्याएको छ। ग्रयाजुएशन सकेका अब्बल विद्यार्थीलाई समेत जब प्लेसमेन्टमा टेक्सस कलेज सारथी बन्दै आएको छ। 

स्नातकोत्तर तर्फ एमसिएसमा कर्पोरेन्ट स्टुडेन्ट बढी छन्। विद्यार्थीहरु प्रोर्फेशनल कोर्ष चाहाने भएकाले मार्केटका ठूल्ठूला सफ्ट्वेयर कम्पनीमा यस कलेजका विद्यार्थीहरु जब तथा इन्टर्नसिप दुवै गरिरहेका छन् । यसका लागि धेरैभन्दा धेरै सफ्ट्वेयर कम्पनीसँग कलेजले अप्रोच गरिरहेको छ । यतिमात्र नभएर जबमा जाँदा कम्पनीहरुमा रिजल्ट राम्रो भएको एप्रेसियसन लेटर पनि कलेजले पाइरहेको छ । 

यस टेक्सस कलेजले विद्यार्थीको सहजता तथा क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ । 

कलेजका विशेषताहरुः
-त्रिभुवन विश्वविद्यालय तथा कोल्याब्रेशन पार्टनर रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वविद्यालय लिंकन कलेजबाट अध्यायपन गराइने ।
-शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त व्यवस्थापन तथा आईटी तर्फकै उत्कृष्ट कलेज ।
-विषयविज्ञ प्राज्ञिक र कर्पोरेट व्यक्तित्वहरुद्वारा अध्यापन गराइने ।
-शान्त वातावरणमा र खुला ठाउँ भएको । 
-अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एक्सपोजरको अवसर दिइने ।
-विद्यार्थीका लागि अनलाइन क्लासको व्यवस्था, उपयुक्त आईटी ल्याब, यातायात सुविधा ।
-विद्यार्थीको स्किल डेभलपमेन्टका लागि सफ्ट स्किल ट्रेनिङ्ग लगायत रहेका छन् । 
-अभिभावक तथा विद्यार्थीको सुविधालाई मध्यनजर गरेर कलेजले क्रेडिट ट्रान्सफरको सिस्टमसमेतको व्यवस्था गरेको छ।

टेक्सस कलेज व्यवस्थापन तथा आईटी का क्षेत्रमा अब्बल शिक्षण संस्थामा कहलिँदै आएको छ। 

 

पढाइसँगै जबको पनि अवसर दिलाउने कलेज, टेक्सस || Texas Int'l College

पढाइसँगै जबको पनि अवसर दिलाउने कलेज, टेक्सस || Texas Int'l College
उत्कृष्ट म्यानेजमेन्ट र आईटी अध्ययनको गन्तव्यका रुपमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आइटी, काठमाडौंको सिफलमा रहेको छ । यसकलेज, टेक्सस इन्टरनेशनल एजुकेशन नेटवर्क (2010) को भगिनी संस्था हो । बीबीए र एम.बी.ए. तर्फ शतप्रतिशत नतिजा ल्याउन सफल यस कलेजले बी आई.टी तथा बी.सी.एस (Cyber-Security and Network Technology ) जस्ता विषयको समेत अध्यापन गराउँदै आएको छ ।
Contact
Phone No:01-4489134, 01-4488627
Email:inquiry@texascollege.edu.np
Location: Sifal, Chabahil
#texascollege #texas_International_College #BestITCollege #BestManagementCollege #KendrabinduTV

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, January 13, 2022

Logo