विश्वका उत्कृष्ट विश्वविद्यालयका कोर्ष पढाइ हुने कलेज, एआईटीएम (भिडियोसहित)

विश्वका उत्कृष्ट विश्वविद्यालयका कोर्ष पढाइ हुने कलेज, एआईटीएम (भिडियोसहित)


काठमाडौंको कोलाहलदेखि केही टाढा, ललितपुरको खुमलटारमा रहेको कलेज हो, एआईटीएम अर्थात् एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट । सन् २०१२ मा स्थापना भएको यो कलेज १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । खुल्ला ठाउँ र भौतिक पूर्वाधारले सम्पन्न यो कलेजमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पूर्ण सुविधा तथा नेपालका विद्यार्थीका लागि चाहिने सम्पूर्ण पूर्वाधार भएको एआईटीएम कलेज हो । 

विश्वकै उत्कृष्ट बेलायतको बर्मिंगघम सिटी युनिभर्सिटी र स्वीजरल्याण्डको इन्टरनेशनल म्यानेजमेन्ट इन्स्टिच्युटसँग सहकार्य गरेको एआईटीएममा प्लस टु देखि मास्टर्स लेभलसम्मको पढाई हुँदै आएको छ । विश्वको उत्कृष्ट म्यानेजमेन्ट कलेज स्वीजरल्याण्डको प्रतिष्ठित इन्टरनेशनल म्यानेजमेन्ट इन्सिटिच्युटबाट सम्बन्धन प्राप्त यो कलेजले ब्याचलर्स इन इन्टरनेशनल होटल एण्ड टुरिजम म्यानजमेन्ट (बिआइएचएम) मा पनि अध्यापन गराउँदै आएको छ। आईटी तर्फ एआईटीएमले बर्मिंगघम सिटी युनिभर्सिटीबाट सम्बन्धन प्राप्त बिएससि.सिआइटीसमेतको अध्यापन गराउँदै आएको छ । 

एसियाका प्रतिष्ठित एकेडेमिक इन्स्टिच्युसनसँग आबद्ध भई एआईटीएमले अन्तर्राष्ट्रिय एकेडेमिक प्रोग्रामलाई कोर्षमा समावेश गरेको छ। शिक्षण क्षेत्रमा चार दशकको अनुभव संगालेका प्राध्यापकहरुको साथ सहयोगले पनि एआईटीएमलाई अब्बल सावित गर्न सहयोग गरेको छ। गुणस्तरीय शिक्षा एआईटीएमको मुल उद्देश्य रहेकाले पनि एकेडेमिक प्रोग्रामलाई समय सापेक्ष परिवर्तन गर्दै विद्यार्थीमैत्री बनाउन यो कलेजले कुनै कन्जुस्याईं गर्दैन। त्यसैले त विद्यार्थीका लागि सिप र कौशल निखार्ने शैक्षिक स्थानका रुपमा एआईटीएम रहेको छ। 

एसियाका प्रतिष्ठित एकेडेमिक इन्स्टिच्युसनसँग आबद्ध भई एआईटीएमले अन्तर्राष्ट्रिय एकेडेमिक प्रोग्रामलाई कोर्षमा समावेश गरेको छ। शिक्षण क्षेत्रमा चार दशकको अनुभव संगालेका प्राध्यापकहरुको साथ सहयोगले पनि एआईटीएमलाई अब्बल सावित गर्न सहयोग गरेको छ।

न्यू बिजनेश एज म्यागजिन २०१९ मा उत्कृष्ट हस्पिट्यालिटी कलेजबाट समेत सम्मानित एआईटीएमले ग्लोबल मार्केटमा जोड्न विद्यार्थीलाई हरपल प्रेरित गरिरहन्छ। विद्यार्थीका लागि अभ्यास गर्न एजुकेशन टेक्नोलोजी, डिजिटल पाठ्यक्रम तथा ग्लोबल एक्सपोजरका अवसर यस कलेजले विद्यार्थीलाई दिँदै आएको छ। विद्यार्थीको इनोभेटिभ आईडियालाई समेत यो कलेजले स्थान दिने गरेको छ। 

ग्रिक दार्शनिक प्लेटोले भने जस्तै शिक्षालै नै असल मान्छे बनाउँछ र असल मान्छेले नविनतम ढंगले काम गर्छ । एआईटीएम कलेजले यसलाई सम्भव तुल्याईदिन्छ। विद्यार्थीमा भएको क्षमतालाई परिस्कृत गरि योग्यतामा परिणत गर्न सक्ने एआईटीएम, क्यु.एस र्याङकिङको टप १३ मा पर्न सफल स्वीजरल्याण्डको इन्टरनेशनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आई.एम.आई) को कोर्ष अध्यापन गराउने कलेज हो । स्नातकमा भर्ना हुन चाहाने विद्यार्थीका लागि एआईटीएम हस्पिट्यालिटी म्यानेजमेन्ट र आई.टी अध्ययनको क्षेत्रमा उपयुक्त शैक्षिक संस्था बन्न सक्नेछ।   

कलेजका विशेषताहरु
-Q.S र्याङकिङको टप १३ मा पर्न सफल स्वीजरल्याण्डको इन्टरनेशनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आई.एम.आई) को कोर्ष अध्यापन गराउने कलेज। 
– यूकेको उत्कृष्ट ३०औं र विश्वमा ६०१औं स्थानमा पर्ने वर्मिङघम सिटी युनिभर्सिटीको कोर्ष पढाइ हुने कलेज।  
–अन्तर्राष्ट्रिय प्रतिष्ठित शैक्षिक संस्थाहरुबाट मान्यता प्राप्त डिग्री भएको कलेज । 
–अडिटोरियम हल, सेमिनार हल, कन्फ्रेन्स हल, डाइनिङ हल भएको कलेज।  
–विद्यार्थीको व्यक्तित्व विकासका लागि रिसर्च सेन्टर, इन्क्युवेशन सेन्टर, लिडरसिप डिभलपमेन्ट           सेन्टर भएको कलेज । 
–शतप्रतिशत इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर दिलाउने कलेज। 
–अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भौतिक पूर्वधारसहित ९९ रुम र अन्य संरचना भएको कलेज। 
– होटल म्यानेजमेन्ट ल्याब, आईसिटी ल्याब, सिभिल इन्जिनियरिंग ल्याब, बायोटेक्नोलोजी ल्याब, लाईब्रेरी, क्यान्टिन, बास्केटबल कोर्ट भएको कलेज। 

 

विश्वका उत्कृष्ट विश्वविद्यालयका कोर्ष पढाइ हुने कलेज, एआईटीएम

विश्वका उत्कृष्ट विश्वविद्यालयका कोर्ष पढाइ हुने कलेज, एआईटीएम ||Asian Institute of Technology and Management
काठमाडौंको कोलाहालदेखि केही टाढा, ललितपुरको खुमलटारमा रहेको कलेज हो, AITM अर्थात Asian Institute of Technology and Management। सन् २०१२ मा स्थापना भएको यो कलेज१६ रोपनी क्षेत्रफलमा फैलिएको छ । खुला ठाउँ र भौतिक पूर्वाधारलेसम्पन्न यो कलेजमा अन्तर्राष्ट्रियस्तरमा हुने सम्पुर्ण सुविधा तथा नेपालमा विद्यार्थीका लागि चाहिने सम्पुर्ण पूर्वाधार भएको AITM कलेज हो ।

#aitmcollege #kendrabindu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, January 31, 2022

Logo