अध्यापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कलेज, ईस्लिङ्टन (भिडियोसहित)

अध्यापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कलेज, ईस्लिङ्टन (भिडियोसहित)


काठमाडौंको कमलपोखरीमा सन् १९९६ मा खुलेको ईस्लिङ्टन कलेजले, स्थापनाको रजत जयन्ती मनाएको छ। ईस्लिङटन कलेज आईटी शिक्षाको क्षेत्रमा नेपालमा अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित कलेज हो।

इन्फोम्याटिक्स कलेजको नामबाट खोलिए पनि यो शैक्षिक संस्था आजभोलि ईस्लिङटन कलेजका रुपमा परिचित छ । बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँग सिधै सम्झौता गर्ने नेपालको पहिलो कलेज ईस्लिङटन अन्तर्राष्ट्रिय डिग्री दिने कलेजका समूहमा अलग छ ।   

ईस्लिङ्टनमा इन्फर्मेशन टेक्नोलोजी र विजनेश एड्मिनीस्टे«शन क्षेत्रका विभिन्न कोर्षमा ब्याचलर्सको अध्ययन हुन्छ । आईटी एण्ड एप्लाईड सेक्युरिटीमा मास्टर्स  लेभलको पढाई हुने यो कलेज नेपालमा आईटीको अध्ययन भित्र्याउने कलेजका रुपमा पनि परिचित छ । 

यो कलेजले नविनतम अभ्यास मार्फत विजनेश विषयका बिभिन्न कोर्षलाई पनि स्पेसलाइज् गरेर पढाउने गरेको छ । 

ईस्लिंगटन कलेजले एलटिडब्ल्यु अर्थात लेक्चर-ट्युटोरियल-वर्कशपको शिक्षण विधि अपनाएको छ। विद्यार्थीको समग्र विकासलाई ध्यानमा राखेको यो कलेजले आफ्ना कोर्षहरुलाई व्यवहारिक बनाउन अन्तर्राष्ट्रिय अभ्यासको पनि अनुशरण गर्ने गरेको छ। 

५ हजार ५ सयभन्दा बढी विद्यार्थी आईएनजी ग्रुपबाट ग्राजुएट हुनु आफैंमा गर्वको विषय हो । राष्ट्रसंघको विश्व खाद्य कार्यक्रममा प्रोजेक्ट एण्ड डेलिभरी मेनेजर लक्ष्मण निरौला, बैंक अफ् न्यूयोर्कमा भाइस प्रेसिडेन्ट त्रिदेभ गुरुङ ईस्लिङटनका पूर्व विद्यार्थी हुन् भन्दा कलेजले छाती चौंडा पार्छ ।  

ईस्लिंगटन कलेजले एलटिडब्ल्यु अर्थात लेक्चर-ट्युटोरियल-वर्कशपको शिक्षण विधि अपनाएको छ। विद्यार्थीको समग्र विकासलाई ध्यानमा राखेको यो कलेजले आफ्ना कोर्षहरुलाई व्यवहारिक बनाउन अन्तर्राष्ट्रिय अभ्यासको पनि अनुशरण गर्ने गरेको छ। 

शिक्षण क्षेत्रमा लामो इतिहास बोकेको ईस्लिङटन कलेजले मार्केटको डिमाण्ड अनुसार समयसापेक्ष अध्यापन गराएर आईटीका क्षेत्रमा दक्ष जनशक्ति तयार गरेको छ । इन्फर्मेशन टेक्नोलोजी र व्यवस्थापनको क्षेत्रमा विश्वबजार सुहाउने अध्ययन प्रणाली अनुशरण गरेको यो कलेजले विद्यार्थीलाई प्रमाणपत्रमा मात्रै सीमित नगरेर जीवन उपयोगी शिक्षा पनि दिने गरेको छ। 

कलेजका विशेषताहरु : 
-अन्तर्राष्ट्रिय मान्यता प्राप्त लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयको डिग्री उपलब्ध गराउने कलेज । 
-कम्प्युटर ल्याब, सेमिनार हल, डिस्कशन रुम, वर्कसप रुम, लाईब्रेरी लगायत भएको कलेज । 
-सुपथ मूल्यमा यातायात र हाईजेनिक क्यान्टिनको व्यवस्था भएको कलेज । 
-अतिरिक्ति क्रियाकलापमा आईटी इभेन्टस, स्पोर्टस, फिल्ड भिजिट समावेश भएको कलेज । 
-विद्यार्थीको क्षमता अभिवृद्धिका लागि इन्टर्नल एसेस्मेन्ट र प्रेजेन्टेशनको निरन्तरता
-शान्त सुन्दर वातावरणमा भौतिक संरचनाले सुविधा सम्पन्न कलेज । 

 

अध्यापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कलेज, 'ईस्लिङ्टन' ||Islington College

अध्यापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कलेज, 'ईस्लिङ्टन' ||Islington College
काठमाडौंको कमलपोखरीमा सन् १९९६ मा खुलेको इस्लिङटन कलेजले, स्थापनाको रजत जयन्ती मनाएको छ । ईस्लङटन कलेज आई.टी शिक्षाको क्षेत्रमा नेपालमा अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित कलेज हो । इन्फोम्याटिक्स कलेजको नामबाट खोलिएपनि यो शैक्षिक संस्था आजभोलि 'ईस्लिङ्टन' कलेजका रुपमा परिचित छ । बेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँग सिधै सम्झौता गर्ने नेपालको पहिलो कलेज 'ईस्लिङ्टन' अन्तर्राष्ट्रिय डिग्री दिने कलेजका समुहमा अलग छ ।
Contact
Phone No: 01-5970012 , 9801042242, 9801000400
Email: info@islington.edu.np
Location: Kamal Pokhari, Kathmandu
#BestITCollege #Islingtoncollege #BBA #CSIT #BestCollegeinKtm #BestBachelorCollege #INGGroup #heraldCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, February 3, 2022

Logo