व्यवस्थापन संकायमा उदाहरणीय कलेज, क्याब (भिडियोसहित)

व्यवस्थापन संकायमा उदाहरणीय कलेज, क्याब (भिडियोसहित)


'उडी छुनु चन्द्र एक' को मुलमन्त्रलाई अनुशरण गरेको कलेज अफ अप्लाइड बिजनेश अर्थात् क्याब कलेज । सन् १९९८ मा बत्तिसपुतलीमा स्थापना भएको कलेज हाल चाबहिल गंगाहिटीमा अवस्थित छ।

व्यवस्थापन शिक्षामा आफूलाई पृथक सावित गरेको यस कलेज मुनाफा वितरण नगर्ने कलेजको रुपमा गुणस्तरिय शिक्षा दिन सुरुवातबाटै प्रतिबद्ध छ। अनुभवी अध्यापकद्वारा पढाई हुने यस कलेजमा प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४ वर्षे कोर्षहरु बीबीए, बीबीएस, बीएस्सी सीएसआईटी, बीआईएमको अध्यापन हुँदै आएको छ। 

उपयुक्त मोडल र टेक्निक प्रयोग गरेर पढाई हुने भएकाले क्याबका विद्यार्थी अब्बल हुने गरेका छन्। सेमिनार, रिसर्च, इन्डष्ट्री भ्रमण लगायत विविध पक्षले विद्यार्थीको व्यक्तित्व विकासमा थप टेवा पुर्याएको छ। उत्कृष्ट नतिजा पस्किँदै आएको यस कलेजले हरेक दिन नयाँ अवधारणालाई आत्मसाथ गर्दै अध्यापन गराउने गरेको छ। 

सन् १९९८ मा बीबीएसको पढाई सुरु गरेको यस कलेजले केही वर्षको अन्तरालमै बीबीए, बीएस्सी सीएसआईटी, बीआईएम कोर्ष, व्यवस्थापन तथा आई.टी क्षेत्रमा सुरुवात गर्दै आफूलाई बलियो शैक्षिक संस्थाको रुपमा स्थापित गराएको थियो । 

क्याबले हरेक कक्षामा सीमित संख्यामा विद्यार्थी राख्दै हरेक दिनको कक्षालाई सिर्जनशील र अन्तर्क्रियात्मक बनाउँदै आएको छ। व्यवहारिक ज्ञान तथा गुणस्तरिय शिक्षण अभ्यासले कलेजको सिकाईप्रति विद्यार्थीको आकर्षण पनि बढ्दो छ। 

अन्तर्राष्ट्रियस्तरमा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत लक्षित गर्दै क्याबले अमेरिकाको द वेष्ट क्यार्लिफोनिया र द स्टेट युनिभर्सिटी अफ न्यूयोर्कसँग क्रेडिट ट्रान्सफरको समझदारी  गरेको छ। हालै कलेजले पाइचाई युनिभर्सिटी कोरियाको सहकार्यमा कोरियामा उच्च अध्ययन गर्न चाहने र उच्चपदस्थ अधिकृत भएर जानेलाई कोरियन भाषाको कक्षा सञ्चालन गर्न लागेको छ। यसका अतिरिक्त स्नातक तहमा प्रतिवर्ष २ जना विद्यार्थीलाई पाइचाई विश्वविद्यालयमा एक्सचेञ्जक वा स्नातकोत्तरमा प्रतिवर्ष २ जनाको लागि छात्रवृत्तीको जोहो गर्न लागेको छ। 

आफ्नो यात्राको २४ वर्षको यो अवधिमा २००० बढी ग्रयाजुएट दक्षजनशक्ति उत्पादन गरिसकेको छ। अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीलाई प्रतिस्पर्धा गर्न योग्य बनाउनसमेत कलेजले ननक्रेडिट कोर्षहरुसमेत समावेश गरेको छ। 

पृथक अध्यापन शैलीले व्यवस्थापन र आई.टीका कोर्षमा भर्ना हुने विद्यार्थीका लागि क्याब कोशेढुंगा सावित हुनेछ। गुणस्तरिय अध्यापनविधिले पनि क्याब विश्वविद्यालयका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल रहेको छ।  

कलेजका विशेषताहरुः
-यातायात सुविधा, हाईजेनिक क्यान्टिनको सुविधा भएको कलेज । 
-भौतिक संरचनाले सुविधा सम्पन्न कक्षाकोठा, लाईब्रेरी भएको कलेज। 
-सुविधा सम्पन्न कम्प्युटर ल्याब भएको कलेज । 
-स्पोर्टसमा क्रिकेट, बास्केटबल, टेनिस, ब्याडमिन्टन लगायतका खेलकुद गतिविधि भएको कलेज। 
-वर्कसप, सेमिनार, गु्रप डिस्कसन लगायत गराउने कलेज । 
-एकेडेमिक काउन्सेलिङ भएको कलेज । 
-जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको कलेज । 

 

व्यवस्थापन संकायमा उदाहरणीय कलेज, 'क्याब' || College of Applied Business

व्यवस्थापन संकायमा उदाहरणीय कलेज, 'क्याब' || College of Applied Business
उडी छुनु चन्द्र एक को मुलमन्त्रलाई अनुशरण गरेको कलेज अफ अप्लाइड बिजनेश अर्थात क्याब कलेज सन् १९९८ मा बत्तिसपुतलीमा स्थापना भएको कलेज हाल चाबहिल गंगाहिटिमा अवस्थित छ । व्यवस्थापन शिक्षामा आफुलाई पृथक सावित गरेको यस कलेज मुनाफा वितरण नगर्ने कलजेको रुपमा गुणस्तरीय शिक्षा दिन सुरुवातबाटै प्रतिबद्ध छ । अनुभवी अध्यापकद्धारा पढाई हुने यस कलेजमा प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ४ वर्षे कोर्षहरु बीबीए, बीबीएस, बीएस्सी सीएसआईटी, बीआईएमको अध्यापन हुँदै आएको छ ।
Contact
Phone No: 01-4476119/4462736
Email:cab@cab.edu.np
Location: Chabahil, Kathmandu
#CAB #CollegeofAppliedbusiness #BBA #BIM #CSIT #BestBusinessCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, February 8, 2022

Logo