शैक्षिक रुपान्तरणको नेतृत्व गर्ने कलेज, केएमसी (भिडियोसहित)

शैक्षिक रुपान्तरणको नेतृत्व गर्ने कलेज, केएमसी (भिडियोसहित)


परम्परागत शैलीभन्दा फरक ढंगको शिक्षण विधि अंगालेको कलेज हो काठमाडौं मोडल कलेज अर्थात केएमसी । २२ वर्षअघि सन् २००० मा काठमाडौंको बागबजारमा खोलिएको केएमसीबाट १५ हजार बढी विद्यार्थी उत्तीर्ण भएका छन् । 

देश बाहिरका विभिन्न प्रतिष्ठित युनिभर्सिटीसँगको सहकार्यमा नविनतम शिक्षण विधिहरु अवलम्बन गर्दै केएमसीले, विद्यार्थी केन्द्रित सिकाईलाई आफ्नो रणनीतिमा राखेको छ । विश्व बैंकको कर विशेषज्ञसहित विभिन्न राष्ट्रियस्तरका कर्पाेरेट क्षेत्रका सीईओसमेत जन्माएको केएमसीले इनोभेसन सेन्टर मार्फत विद्यार्थीका विजनेश आइडीयालाई मूर्तरुप दिई नविनतम योजनामा परिणत गर्ने गरेको छ । 

विश्वका विभिन्न युनिभर्सिटीका प्रतिनिधि, अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका स्वदेशी तथा विदेशी व्यक्तिबाट बेलाबेला हुने भ्रमणले केएमसीका विद्यार्थीलाई एक्सपोज हुने मौकासमेत मिलेको छ । विद्यार्थी केन्द्रित शिक्षण विधि अंगालेको केएमसीले व्यक्तिगत हिसाबमा समस्याको समाधान गर्दै विद्यार्थीलाई आत्मीय र साहसी बनाउन प्रेरित गर्ने गरेको छ । कलेजले इन्टर्नसिपका लागि होस वा करियर विकासमा किन नहोस्, विद्यार्थीलाई हरहमेसा सहयोग गरिरहेको हुन्छ ।    

२२ वर्षे यात्रालाई फर्केर हेर्ने हो भने केएमसीले नतिजामुखी र व्यवहारिक शिक्षा पस्किँदै आएको छ । प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा दिँदै आएको केएमसी, के.एम.सी एजुकेशनल नेटवर्क अन्तर्गत रहेको कलेज हो । व्याचलर्स तर्फ भने बीबीए, बीबीएम, बीबीएस, र बीए अन्तर्गत अंग्रेजी, सोसियल वर्क र साइकोलोजी तथा मास्टर्स तर्फ एमए अंग्रेजी र एमबीएसका प्रोग्रामहरु केएमसीमा सञ्चालनमा छन् । 

२२ वर्षे यात्रालाई फर्केर हेर्ने हो भने केएमसीले नतिजामुखी र व्यवहारिक शिक्षा पस्किँदै आएको छ । प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा दिँदै आएको केएमसी, के.एम.सी एजुकेशनल नेटवर्क अन्तर्गत रहेको कलेज हो ।

ब्याचलर्समा आईटी तर्फ बीसीए सञ्चालन गरिरहेको यो कलेजले आईटी इन्डष्ट्रीलाई लक्षित गरि नकक्रेडिट अन्तर्गत सातामा एक दिन छुट्टै कक्षासमेत सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै केएमसीले सेमेस्टर प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेको छ । निरन्तर उत्कृष्ट नतिजा पस्किँदै आएको केएमसीले अध्ययनमा भन्दा सिकाईमा बढी जोड दिने गरेको छ । त्यसैले पनि कलेजबाट उत्तीर्ण हुने विद्यार्थीले गुणस्तरिय शिक्षासँगै व्यवहारिक ज्ञान, भरपुर पाउने गरेका छन् ।  

अध्ययन र अध्यापन पश्चात केएमसी, जान्नेमा भन्दा गर्नेमा, परीक्षा लिने भन्दा सिकाईको मापनमा, डिग्री लिने भन्दा पनि विषयगत विज्ञता हासिल गर्नेमा बढी विश्वास गर्छ । सिकाइलाई शैक्षिक संस्कारको रुपमा विकास गर्नु पर्छ भन्ने उद्देश्य राखेको केएमसी मुलुकभरका कलेजहरुको भिडमा पृथक र अब्बल दर्जाको कलेजका रुपमा स्थापित छ । 

विद्यार्थीमा आएको नयाँनयाँ आईडियामाथि परीक्षण गर्दै केएमसीले फरक शिक्षण विधि मात्र अंगालेको छैन, क्रिएटिभ बन्न विद्यार्थीलाई प्रेरित पनि गरिरहेको छ। दीक्षित विद्यार्थीले देश तथा विदेशका विभिन्न अर्गनाइजेशनको नेतृत्व गर्नु केएमसी कलेजका लागि गर्वको विषय हो । त्यसैले त केएमसी हरेक वर्ष हजारौं विद्यार्थीको सपनाको कलेज बन्न सफल भएको छ । 

केएमजी नै किन रोज्ने ? 
    २२ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेज । 
    राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपोजरको साथ उच्च योग्य शिक्षण सुविधाहरु भएको कलेज । 
    उत्कृष्ट करियर निर्माणमा सहयोग गर्न आइडिया स्टुडियो, जेनेसिस क्लाउड एकेडेमी,  माइक्रोसफ्ट इनोभेसन सेन्टर, स्किल्स ल्याब र यूएन कर्नरसँग साझेदारी गरेको कलेज । 
    विद्यार्थीको वृद्धिविकासका लागि छुट्टै शाखा भएको कलेज । 
    गैर–क्रेडिट कार्यक्रम भएको कलेज । 
    विद्यार्थी केन्द्रित शिक्षण र सिकाईलाई उच्च प्राथमिकतामा राखेको कलेज । 
    २१औं शताब्दीको सिकाइ वातावरणलाई सम्बोधन गर्ने उच्च प्राविधिक पूर्वाधार भएको कलेज। 
    सवैलाई पायक पर्ने ठाउँमा भएको कलेज । 
    उद्योग र शिक्षाबीचको खाडल पूरा गर्दै विद्यार्थीको वृद्धि विकासमा उच्च ध्यान दिने कलेज । 
    अवसर मार्फत विद्यार्थीलाई सिक्ने विधिको पूर्ण नयाँ तरिकाको अनुभूत गराउने कलेज । 
    विभिन्न विश्वविद्यालय र कर्पोरेट हाउसहरुसँग एमओयू गरेको कलेज ।

 

Logo