क्युएए मान्यता पाउने नेपालको पहिलो कलेज, ‘बर्नहार्ट’ (भिडियोसहित)

क्युएए मान्यता पाउने नेपालको पहिलो कलेज, ‘बर्नहार्ट’ (भिडियोसहित)


४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०७६ सालमा शिक्षा मन्त्रालयबाट सम्मानित हुने पहिलो निजी कलेज हो, काठमाडौं बर्नहार्ट। अन्तर्राष्ट्रिय साक्षर दिवस सन् २०१९ बाट समेत सम्मानित हुने कलेज हो, काठमाडौं बर्नहार्ट। 

२०६० सालमा काठमाडौंको बाफलमा स्थापना भएको काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ। त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त याे कलेज विश्वविद्यालय अनुदान आयाेगबाट अन्तर्राष्ट्रियस्तरकाे 'QAA' मान्यता पाउने पहिलाे निजी कलेज पनि हाे । गुणस्तरिय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरीदेखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफूलाई अब्बल सावित गर्दै आएको छ। र त्यसमा मिहेनती अध्यापक र लगनशील विद्यार्थीको साथ सहयोग महत्वपूर्ण छ। 

बर्नहार्टमा स्नातक तर्फ बीएससीसिएसआइटी, बीसीए, बीबीएम, बीए, बीएसडब्लु र बीबीएस अध्यापन हुँदै आएको छ भने मास्टर्स तर्फ एमबीएसको पढाई हुँदै आएको छ। विद्यार्थीको भविष्यप्रति चिन्तित बर्नहार्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरि उचित प्लेसमेन्टको अवसरसमेत सिर्जना गरिदने गरेको छ। विद्यार्थीको सर्वांगीण विकासलाई प्राथमिकतामा राखेको बर्नहार्टले चकडस्टरको पढाईभन्दा माथि उठेर अत्याधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै अध्यापन गराउने गरेको छ। 

गुणस्तरिय र व्यवहारिक ज्ञानलाई समेत ध्यान दिएर बर्नहार्टले शिक्षण सिकाई विधि अवलम्बन गरेको छ। गुणस्तरिय तथा नविनतम शैलीको अध्यापनले बर्नहार्टबाट पासआउट भएका ६० प्रतिशत विद्यार्थी अहिले विभिन्न देशमा पीएचडी गरिरहेका छन्।

व्यवस्थापन संकायमा ब्याचलर्स तर्फ बर्नहार्टले बीबीएम, बीबीएस र मास्टर्स तर्फ एमबीएसमा प्रशंसायोग्य अध्यापन गराउँदै आएको छ। बीएसडब्लुमा अध्ययनरत विद्यार्थीलाई क्लोज क्याम्पमा राखेर विषयको महत्व र उपयोगिताबारे परामर्श दिने बर्नहार्ट व्यवहारिक शिक्षा प्रदान गर्न प्रतिवद्ध छ। 

आईटी तर्फ बर्नहार्टले बीएससीसिएसआइटी र बीसीए जस्ता विषय छनोट गरेको छ। प्रविधिको यो युगमा बर्नहार्टमा पढाई हुने यी कोर्षले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा ठूलो टेवा पुर्याएको छ। आइटीक्षेत्रका प्रतिष्ठित व्यक्तिबाट हुने तालिमले बर्नहार्ट कलेजमा अध्ययनरत विद्यार्थीको सिकाई क्षमतामा बृद्धि हुने मात्र हैन ग्राजुएट भएपछिको जब करियरमा समेत सहयोगी बन्ने गरेको छ।
 
गुणस्तरिय र व्यवहारिक ज्ञानलाई समेत ध्यान दिएर बर्नहार्टले शिक्षण सिकाई विधि अवलम्बन गरेको छ। गुणस्तरिय तथा नविनतम शैलीको अध्यापनले बर्नहार्टबाट पासआउट भएका ६० प्रतिशत विद्यार्थी अहिले विभिन्न देशमा पीएचडी गरिरहेका छन्। उनीहरु बाहेकका विद्यार्थी मध्ये पनि ८० प्रतिशत बढी अहिले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन्। 

विद्यार्थीलाई उनीहरुकै क्षमताअनुसारको शिक्षा दिनु नै बर्नहार्टको प्रमुख विशेषता हो। अब्बल विद्यार्थी एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरफल सफल देखिन्छ। 

कलेजका विशेषताहरु
-उत्कृष्ट नतिजा दिन सफल कलेज । 
-सुविधा सम्पन्न प्रविधिमैत्री कक्षा कोठा, प्रोजेक्टर मार्फत शिक्षा प्रदान गर्ने कलेज । 
-उत्कृष्ट, जेहेन्दार र दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था भएको कलेज । 
-विद्यार्थीको व्यवहारिक ज्ञान वृद्धिका लागि प्रोजेक्ट वर्क, रिसर्च प्रेजेन्टेसन, फिल्ड भिजिट लगायतको व्यवस्था भएको कलेज । 
-आईटी तथा सफ्टवेयर कम्पनीसँग सम्झौता तथा सामाजिक अभियान्तसँग अन्तर्क्रिया गर्ने कलेज । 
-लाईब्रेरीमा कोर्ष बाहेक सन्दर्भसामग्री पर्याप्त पुस्तक भएको कलेज । 
-खेलकुदका लागि पर्याप्त मैदानको व्यवस्था भएको कलेज । 

क्युएए मान्यता पाउने नेपालको पहिलो कलेज,‘बर्नहार्ट’ || Kathmandu BernHardt College

क्युएए मान्यता पाउने नेपालको पहिलो कलेज,‘बर्नहार्ट’ || Kathmandu BernHardt College ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा २०७६ सालमा शिक्षा मन्त्रालयबाट सम्मानित हुने पहिलो निजी कलेज हो काठमाडौं बर्नहार्ट । अन्तर्राष्ट्रिय साक्षार दिवस सन् २०१९ बाट समेत सम्मानित हुने कलेज हो काठमाडौं बर्नहार्ट । २०६० सालमा काठमाडौंको बाफलमा स्थापना भएको काठमाडौं बर्नहार्टले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त यो कलेज त्रिभुवन विश्वविद्यालयबाट QAA मान्यता पाउने पहिलो कलेज पनि हो । गुणस्तरीय शिक्षाको पर्याय बनेको बर्नहार्टले नर्सरी देखि मास्टर्स लेभलसम्मको अध्यापनमा आफुलाई अब्बल सावित गर्दै आएको छ । र त्यसमा मेहनती अध्यापक र लगनशील विद्यार्थीको साथ सहयोग महत्वपूर्ण छ । Contact: Phone No: 015237330/ +977-015237361 Email: [email protected] Location: Bafal, Ringroad Kathmandu #QAACollege #KathmanduBernhardtCollege #BBA #BCA #BBM #BestCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, 9 February 2022

Logo