उत्कृष्ट विदेशी विश्वविद्यालयको डिग्री दिने कलेज, आइआइएमएस (भिडियोसहित)

उत्कृष्ट विदेशी विश्वविद्यालयको डिग्री दिने कलेज, आइआइएमएस (भिडियोसहित)


आइआइएमएस कलेज अर्थात् इन्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्स कलेज, सन् २०१० मा काठमाडौंको पुतलीसडकमा स्थापना भएको हो। 

आइआइएमएस एजुकेशन फाउण्डेशन प्रा.लि अन्तर्गत सञ्चालित यो कलेजका सबै डिग्री कार्यक्रमहरू शिक्षा मन्त्रालय, नेपालबाट पूर्णरूपमा मान्यता प्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताका लागि प्रमाणित छन् । साथै, यो कलेज मलेशियाको टेलर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । मलेसिया र दक्षिणपूर्वी एशियामा हस्पिट्यालिटी अध्यापन हुने तथा विश्वको उत्कृष्ट २० भित्रसमेत पर्न सफल रहेको टेलर विश्वविद्यालयका कोर्षहरु यस कलेजमा पढाई हुने गरेको छ । 

सन् २०१७ बाट बिएचएमको पढाई सुरु गरेको यो कलेजले आधुनिक प्रविधिसहित मेनेजमेन्ट र आईटीमा पनि अध्यापन गराउँदै आएको छ। सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासलाई पनि सँगसँगै लगेको आइआईएमएसले विद्यार्थीलाई आफ्नो व्यक्तिगत र व्यवसायिक प्रयासबाटै उत्कृष्ट र योग्य जनशक्ति तयार पार्ने उद्देश्य राखेको छ। 

बिएचएम प्रोग्रामका विद्यार्थीलाई चाहिने टुरिजम इनोभेसन ल्याब, फुड एण्ड न्युट्रेसन रिसर्च ल्याब लगायत सम्पूर्ण सुविधा आइआइएमएसमा उपलब्ध छ।

आइआइएमएस कलेजले आफ्ना अनुभवी र ऊर्जावान प्राध्यापकबाट विद्यार्थीमैत्री वातावरणमा अध्यापन गराउँदै आएको छ। आइआइएमएसमा अध्ययन गर्ने बिएचएमका विद्यार्थीले स्वदेश तथा बिदेशमा राम्रो स्थान पाएका छन् । इन्टर्नका लागि काठमाडौंका पाँचतारे होटल हुन् वा दुबई, थाइल्यान्ड, सिंगापुर लगायत देशका प्रतिष्ठित होटल किन नहुन्, आइआइएमएसका विद्यार्थीको प्रदर्शन र सहभागीता उत्साहजनक हुने गरेको छ। 

बिएचएम प्रोग्रामका विद्यार्थीलाई चाहिने टुरिजम इनोभेसन ल्याब, फुड एण्ड न्युट्रेसन रिसर्च ल्याब लगायत सम्पूर्ण सुविधा आइआइएमएसमा उपलब्ध छ। टुरिजम, होटल, फुड एण्ड ब्रिभरेज, इभेन्ट्स र एभिएसन क्षेत्रमा करियर बनाउने विद्यार्थीलाई ध्यानमा राख्दै हस्पिट्यालिटी म्यानेजमेन्ट विषयलाई यस कलेजले प्राथमिकतामा राखेको छ । 

संख्यामा भन्दा गुणात्मक उत्पादनमा विश्वास गर्ने आइआइएमएस विद्यार्थीको उज्ज्वल भविष्यका लागि सधैं उपयुक्त शैक्षिक संस्था बन्दै आएको छ। शिक्षामा उत्कृष्टता, समुदायको महत्व र सेवाको प्रतिबद्धतामा आधारित गतिशील र विविध संसारका चुनौतीको सामना गर्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्य आइआइएमएसको छ। 

आइआइएमएस किन रोज्ने ?
-मलेसियास्थित लिंकन युनिभर्सिटी कलेजबाट सम्बन्धन प्राप्त कलेज । 
-आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको कलेज । 
-उत्कृष्ट विदेशी विश्वविद्यालयको डिग्री दिने कलेज । 
-आवश्यक ल्याब, लाईबे्ररी तथा ई–लाईब्रेरी, लेक्चर हल भएको कलेज। 
-जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको कलेज । 
-अनुसन्धान तथा प्रयोगात्मक विधिको शिक्षण पद्धती भएको कलेज । 
-नविनतम तथा रचनात्मक शैलीमा अध्यापन गराउने कलेज । 
-कन्फरेन्स, इन्डष्ट्रियल भिजिट, जब प्लेसमेन्ट एण्ड वरिन्टेसन, फिल्ड भिजिट गराउने कलेज । 

 

 

उत्कृष्ट विदेशी विश्वविद्यालयको डिग्री दिने कलेज, 'आइआईएमएस' || IIMS College

उत्कृष्ट विदेशी विश्वविद्यालयको डिग्री दिने कलेज, 'आइआईएमएस' || IIMS College सन् २०१० मा काठमाडौंको पुतलिसडकमा स्थापना भएको हो । IIMS एजुकेशन फाउण्डेशन प्रा.लि अन्र्तगतसञ्चालित यो कलेजका सबै डिग्री कार्यक्रमहरू शिक्षा मन्त्रालय, नेपालबाट पूर्ण रूपमा मान्यता प्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताका लागि प्रमाणित छन् । साथै, यसकलेज मलेशियाको टेलर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ ।मलेसिया र दक्षिणपूर्वी एशियामा हस्पिट्यालिटी अध्यापन हुने तथा विश्वको उत्कृष्ट २० भित्र समेत पर्न सफल रहेको टेलर विश्वविद्यालयका कोर्षहरु यस कलेजमा पढाई हुने गरेको छ । सन् २०१७ बाट द्यज्ः को पढाई सुरु गरेको यो कलेजले आधुनिक प्रविधिसहित मेनेजमेन्ट र आईटीमा पनि अध्यापन गराउँदै आएको छ । सैद्धान्तिकसंगै प्रयोगात्मक अभ्यासलाई पनि सँगसँगै लगेको आइआईएमएसले विद्यार्थीलाई आफ्नो व्यक्तिगत र व्यावसायिक प्रयासबाटै उत्कृष्ट र योग्य जनशक्ति तयार पार्ने उद्धेश्य राखेको छ । Contact: Phone No.+9774534088 Email: [email protected] Location : Dhobidhara, Putalisadak #iims #iimscollege #redefiningmoderneducation #BBA #bhm #IT #bcs #BHM #BCS #Admission #AdmissionsOpen

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, February 22, 2022

Logo