विश्वबजारलाई सुहाउने शिक्षा प्रदान गर्दै आएकाे कलेज ‘आईएसएमटी’ (भिडियाे)

विश्वबजारलाई सुहाउने शिक्षा प्रदान गर्दै आएकाे कलेज ‘आईएसएमटी’ (भिडियाे)


अन्तर्राष्ट्रियस्तरको अध्यापन गराउने उद्देश्यसहित सन् २०११ मा काठमाडौंको तिनकुने गैरीगाउँमा स्थापना भएको हो, आईएसएमटी अर्थात इन्टरनेशनल स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोजोली कलेज।

युनिभर्सिटी अफ सन्डरल्याण्ड, पियरसन बि–टेक र बेलायतको प्रतिष्ठित शैक्षिक संस्था एसीसीएसँग सहकार्य गरेको आईएसएमटी कलेज छोटो समयावधिमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका रुपमा स्थापित भएको शैक्षिक संस्था हो । 

कलेजमा एसीसीए, बीबीए, बीएस्सी कम्प्युटर सिस्टम इन्जिनियरिङ र ब्याचलर अफ इन्टरनेशनल टुरिजम एण्ड हस्पिटयालिटि म्यानेजमेन्ट (बीएचएम) कोर्ष कम खर्चमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त ब्रिटिस डिग्रीसहितको अध्ययन अध्यापन हुँदै आएको छ । 

नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने यो कलेजले बेलायत, अमेरिका र अष्ट्रेलियाका १५० भन्दा बढी विश्वविद्यालयमा विद्यार्थीका लागि क्रेडिट ट्रान्सफरको व्यवस्थासमेत मिलाइदिएको छ । प्रोजेक्ट वर्क, डिस्कसन, प्रेजेन्टेसन जस्ता सिकाई पद्धतीमा बढी विश्वास गर्ने आईएसएमटीको नतिजालाई बेलायतका विश्वविद्यालयलेसमेत उत्कृष्ट मान्दै आएका छन् । 

बेलायतका विश्वविद्यालयमा रिसर्च बेस एजुकेशन सिस्टम भएकाले आईएसएमटीले आफ्ना विद्यार्थीलाई व्यवहारिक शिक्षासहितको अध्यापन गराउने गरेको छ । कम खर्चमै ब्रिटिश डिग्री पढाई हुने भएकाले समेत यो कलेज विद्यार्थीको रोजाईमा पर्ने गरेको छ। साथै, कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासमा समेत ध्यान दिँदै  विद्यार्थीलाई केन्द्रित गरेर विद्यार्थीमैत्री वातावरणमा कलेजमा पढाई हुँदै आएको छ।

बेलायतका विश्वविद्यालयमा रिसर्च बेस एजुकेशन सिस्टम भएकाले आईएसएमटीले आफ्ना विद्यार्थीलाई व्यवहारिक शिक्षासहितको अध्यापन गराउने गरेको छ।

आईएसएमटी एउटा यस्तो कलेज हो जुन उत्तीर्ण भएका हरेक विद्यार्थीसँग सम्पर्कमा रहन्छ । उनीहरुको करियरबारे अपडेट राख्छ अनि आवश्यकताअनुसार साथ सहयोग गर्छ । कलेजले आईटी लगायत म्यानेजमेन्टका विद्यार्थीलाई देश तथा विदेशमा इन्टर्नसिप तथा जब प्लेसमेन्टका लागि अवसर मिलाइदिने गरेको छ। 

आईएसएमटी कलेज काठमाडौं मात्र नभएर पोखरा, चितवन र विराटनगरमा समेत स्वतन्त्ररुपमा सञ्चालनमा रहेको छ। विद्यार्थी केन्द्रित शिक्षण विधि अंगालेको यो कलेजले विद्यार्थीलाई आत्मीय र साहसी बनाउन प्रेरित गर्दै एक्सपोज हुने मौकासमेत दिने गरेको छ। जसले विद्यार्थीलाई आत्मविश्वासी बनाउँदै अगाडि बढ्न कालान्तरसम्म प्रेरित गर्नेछ। 
          
कलेजका विशेषताहरुः
-काठमाडौंको जुनसुकै स्थानबाट सहज पहुँचमा रहेको कलेज
-पोखरा, चितवन र विराटनगरमा पनि सेवा विस्तार गरेको कलेज । 
-एयर कन्डिसन, डिजिटल प्रोजेक्टर, फर्निचरसहितको सुविधासम्पन्न कक्षा कोठा भएको कलेज । 
-सवारीसाधन पार्किङका लागि प्रशस्त खाली ठाउँसहित पर्याप्त खेलकुद मैदान भएको कलेज । 
-आईटी ल्याब, पाठ्यपुस्तकसहित लाईब्रेरी तथा श्रोत केन्द्र भएको कलेज । 
-विद्यार्थीका लागि सुविधायुक्त लन्च तथा एक सय जना विद्यार्थीका लागि क्यान्टिनको व्यवस्था भएको कलेज । 
-विद्यार्थीका लागि नियमित क्लास बाहेक रिभिजन सेसन, ट्युटोरियल क्लास लगायतको व्यवस्था भएको कलेज । 
-विद्यार्थीको व्यक्तित्व विकासका लागि विभिन्न तालिमको व्यवस्था भएको कलेज ।

 

विद्यार्थीलाई विश्वबजारलाई सुहाउने शिक्षा प्रदान गर्दै आएको कलेज आईएसएमटी || ISMT College

विद्यार्थीलाई विश्वबजारलाई सुहाउने शिक्षा प्रदान गर्दै आएको कलेज आईएसएमटी || ISMT College
आईएसएमटी कलेज अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त शिक्षा दिने उद्देश्य सहित सन् २०११ म काठमाडौंको तिनकुने गैरीगाँउमा स्थापना भएको हो ।युनिभर्सिटि अफ सन्डरल्याण्ड, पियरसन BTECH र ए.सी.सी.ए बेलायतको प्रतिष्ठित शैक्षिक संस्थाबाट उत्कृष्ट कार्यक्रमहरु समावेश भएको गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था I.S.M.T कलेज हो । शान्त,सुन्दर वातावरणमाा सुविधासम्पन्न भौतिक पूर्वाधार सहित पढाई हुने यस कलेजमा ACCA,BBA,BSc.Computer system Engineering/ BHM प्रोग्रामको कम खर्चमै बेलायतको डिग्री सहितको अध्ययन हुँदै आएको छ ।
Contact:
Phone No: 01-4485278
Email: info@ismt.edu.np
Location: Tinkune, Gairigaun, Kathmandu
#ISMTCollege #BestManagementCollege #BBA #BHM #CSIT

Posted by Kendrabindu – केन्द्रबिन्दु on Thursday, March 17, 2022

Logo