३ भदौ २०७९ शुक्रबार
1
1
1
1

ब्रिटिस शिक्षण शैलीबाट अध्यापन गराउने 'हेराल्ड कलेज काठमाडौं' (भिडियोसहित)

1
1
1
1
1

गुणस्तरीय शिक्षाको खाँचो अन्त्य गर्ने मुल उद्देश्यले सन् २०१६ मा स्थापना भएको कलेज हो, हेराल्ड कलेज काठमाडौं । काठमाडौंको हाँडीगाउँमा स्थापना भएको यो कलेज अहिले भने नक्सालमा अत्याधुनिक भवनमा छ । 

आईएनजी ग्रुपमा आबद्ध यस हेराल्ड कलेज काठमाडौं ब्याचलर्स डिग्री प्रोगाममा बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । विद्यार्थीका लागि सुपथ मूल्य र सहज वातावरणमा अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने हेराल्ड कलेज काठमाडौंले इन्फर्मेशन टेक्नोलोजी र बिजनेश तर्फ विश्वबजारलाई सुहाउने गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । हेराल्ड कलेज काठमाडौंले ब्याचलर्स र मास्टर्स तर्फ बीआइटी, बीआइबीएम, आइएमबीए मा अनुभवी प्राध्यापकबाट शिक्षा प्रदान गर्दै आएको छ ।  

उल्भरह्याम्टन विश्वविद्यालयसँगको सहकार्यले हेराल्ड कलेज काठमाडौंबाट ग्रयाजुयट विद्यार्थीले नेपालमै बसेर विदेशी डिग्री पाइरहेका छन् । अध्यापनमा ब्रिटिस शिक्षण शैली अपनाएको यो कलेजले उल्भरह्याम्टन विश्वविद्यालयमा १५ दिने समर क्याम्पमा विद्यार्थीलाई सहभागी गराउने गरेको छ । विश्वबजारलाई सुहाउने शिक्षिण विधिबाट अन्तर्राष्ट्रियस्तरको पढाइ हुने भएकाले पनि हेराल्ड कलेज काठमाडौं बिजनेश र आईटी क्षेत्रमा अलग पहिचान बोकेको कलेज बन्न सफल छ । 

ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजीमा हेराल्ड कलेज काठमाडौंले आधुनिक कम्प्युटर भाषा, उपकरण, प्रविधि र विधिसँग विद्यार्थीलाई जोड्ने गरेको छ । समस्या समाधान गर्ने सीप मात्र होइन हेराल्ड कलेज काठमाडौंले प्रोग्रामरको रुपमा विकास गर्न र सुधार गर्न पनि विद्यार्थीलाई सक्षम बनाउँछ । 

विश्व बजारमा बढ्दो प्रतिस्पर्धाकाबीच बहुसाँस्कृतिक अवरोध पार गर्न अन्तर्राष्ट्रिय रणनीतिहरु बनाउन सक्ने विशेषज्ञको खाँचो बढ्दो छ । हेराल्ड कलेज काठमाडौंले ब्याचलर्स ईन इन्टरनेशनल बिजनेश मेनेजमेन्टमा विश्वपरिवेश सुहाउँदो कोर्षको डिजाइन गरी उदीयमान बजार, विश्वव्यापीकरण, विभिन्न देशका बजार र व्यापारिक वातावरणको तुलना गर्दै अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा महत्वपूर्ण विषयलाई समेटेको छ । कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरको एक्सपोजरको समेत व्यवस्था गर्ने गरेको छ । 

लिट्रेचर–ट्युटोरियल–वर्कशप शिक्षण विधि अपनाएकाले पुरातन शैलीको शैक्षिक पद्धतिबाट यो कलेज भिन्न छ ।  

सैद्धान्तिक ज्ञान मात्र नदिएर व्यवहारिक र अनुसन्धानात्मक विधिसहित विद्यार्थीलाई अध्यापन गराउने उद्देश्य यो कलेजको छ । हेराल्ड कलेज काठमाडौंले ग्रयाजुएट भएर प्रमाणपत्र मात्र नदिई उत्र्तीण हुन साथ रोजगारीका अवसर प्राप्त हुने प्रणालीलाई आत्मसाथ गरि विद्यार्थीलाई अध्यापन गराउँछ । 

टेक्नोलोजी र बिजनेशका विविध विषयमा अध्यापन गराएर नविनतम शैली अपनाएकाले हेराल्ड कलेज काठमाडौं बेग्लै छ । बिजनेश एजुकेशन र इन्र्फमेशन टेक्नोलोजीको क्षेत्रमा ब्याचलर्समा भर्ना हुन चाहने विद्यार्थीका लागि विना कुनै द्विविधा हेराल्ड कलेज उपयुक्त शिक्षण संस्था हुनेछ ।

कलेजका विशेषताहरु :
-राष्ट्रिय/अन्तर्राष्ट्रियरुपमा मान्यता प्राप्त कोर्षहरु
-गुणस्तरीय शिक्षा र व्यवहारिक ज्ञान 
-भौतिक पूर्वाधारले सुविधा सम्पन्न 
-लेक्चर थिएटर, सेमिनार हल, टुटोरियल रुम, कम्प्युटर ल्याब, लाईब्रेरी
-प्रत्यक्ष तथा पूरा समय यु.के को कोर्ष पढाईने
-ब्रिटिस शिक्षण शैलीबाट अध्यापन गराउने कलेज 
-विद्यार्थीका लागि एएए स्कलरसीप अर्थात एकेडेमिक्स, एटिच्यूड र अटेन्डेन्स स्कलरसीप प्रदान गर्ने कलेज । 
-उत्कृष्ट १० प्रतिशतमा छनोट हुन सफल विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्कलरसीपबाहेक शतप्रतिशत शैक्षिक स्कलरसीप प्रदान गर्ने कलेज । 
-बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयमा १५ दिने समर क्याम्पमा सहभागी हुने अवसर
-सुपथ मूल्यमा अन्तर्राष्ट्रिस्तरको अध्यापन हुने तथा बेलायतको विश्वविद्यालयको डिग्री ।

 

ब्रिटिस शिक्षण शैलिबाट अध्यापन गराउने कलेज, हेराल्ड कलेज काठमाडौं || Herald College Kathmandu

ब्रिटिस शिक्षण शैलिबाट अध्यापन गराउने कलेज, हेराल्ड कलेज काठमाडौं || Herald College Kathmandu गुणस्तरीय शिक्षाको खाँचो अन्त्य गर्ने मुल उद्धेश्यले सन् २००० मा काठमाडौंको नक्सालमा खोलिएको कलेज हो हेराल्ड । आई.एन.जी. समूहमा आबद्ध यस हेराल्ड कलेज ब्याचलर्स डिग्री प्रोगाममा बेलायतको उल्भरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । विद्यार्थीका लागि सुपथमुल्य र सहज वातावरणमा अन्तर्राष्ट्रियस्तरको अध्यापन हुने हेराल्ड कलेजले Information Technology र बिजनेश तर्फ विश्वबजारलाई सुहाउने गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ । २२ वर्षे यात्रामा हेराल्डले ब्याचलर्स र मास्टर्स तर्फ BIT,BIBM, IMBA मा अनुभवी प्राध्यापकबाट शिक्षा प्रदान गर्दै आएको छ । Contact: Phone no: 9801022637, 01-5970120 Email: [email protected] Location: Naxal, Kathmandu

Posted by Kendrabindu - केन्द्रबिन्दु on Tuesday, March 8, 2022

प्रकाशित: ४ चैत २०७८ १५:४० शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी